टीकापुर घटनाः रेशम चौधरीलाई जन्मकैद

कैलाली । टिकापुर घटनाका दोषी ठहरिएका सांसद रेशम चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको छ । सोही घटनाका संलग्न मानिएका अर्का लक्ष्मण थारु भने ३ वर्ष कैद चुक्ता गरिसकेकाले आजै रिहा हुने भएको बताइएको छ ।

उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनामा जिल्ला अदालत कैलालीले चौधरीसहित १२ जनालाई जन्मकैद फैसला गरेको हो। जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले फैसला सुनाएकाे हाे ।

गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णुप्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

प्रतिवादी तर्फबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, वीरबहादुर जेठारा, गम्भीर सिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए। बहस सकिए पनि समय अभावका कारण हिजो फैसला हुन सकेको थिएन । यो घटनाको आठौं पेसीमा बहसमा प्रवेश गरेको थियो। १२औं पेसीमा यसको फैसला हुन लागेको कैलाली जिल्ला अदालतले जनाएको छ। घटनाको सुनुवाइमा भएको ढिलाइलाई मध्यनजर गर्दै अदालतले मुद्दालाई गत बुधबारदेखि निरन्तरता दिएको थियो।

यस्ताे छ अदालतकाे फैसला

प्रतिक्रिया