धुर्मुस सुन्तलिद्वारा क्रिकेट रंगशाला निर्माण सुरु

काठमाडौँ । हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) द्वारा स्थापित संस्था धुर्मुस सुन्तली फाउन्डेसनको आयोजनामा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं १६ मा औपचारिक तहबाट शिलान्यास नगरेपनि साइड अफिस लगायत उक्त कम्पाउण्ड घेर्नका लागि फलामका खम्बा गाड्ने काम चलेको छ । उक्त कामको लागि धुर्मुस आफै पनि अन्य कामदार हरुसँग खटेका छन् ।

सोही रंगशाला निर्माणका लागि खटिएका कामदार हरुलाई बस्नको लागि व्यवस्था र सम्पूर्ण समान राख्नका लागि गोदाम बनाउन लागिएको सिताराम कट्टेलले बताए ।

प्रतिक्रिया