विशेष कार्यक्रमसहित सेना दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले सेना दिवस एवं महाशिवरात्री पर्व मनाउँदैछ ।

जंगीअड्डा, भद्रकालीमा हुने उक्त विशेष समारोह सैनिक परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा समारोह सम्पन्न हुनेछ ।

संघीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले सोमबार मुलुकभर ‘सेना दिवस मनाउँदै छ । सेना दिवसको अवसरमा बिहान १० बजे सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजनाको तयारी गरिएको नेपाली सेनाले जनाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम हुनेछन् । त्यसैगरी जङ्गी अड्डा मातहत मुलुकका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्महरु पनि विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

राष्ट्रिय सुरक्षा, महत्वपूर्ण संरचना र भौतिक पूर्वाधार तथा प्राकृतिक सम्पदाको सुरक्षा, विकास निर्माणको जिम्मेवारीसँगै नागरिकसँगको सम्बन्धलाई बलियो बनाउने तथा मानवाधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गर्ने कार्यलाई नेपाली सेनाले प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।

प्रतिक्रिया