तीन छोरीले दिए स्वर्गीय नेता अधिकारीलाई दागबत्ति

काठमाडौँ । शनिबार राति दिवंगत भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीलाई उनका तीन छोरीहरु लुना, लिना र लिजाले आज दागबत्ती दिएर राजकीय सम्मानका साथ दाहासंस्कार गरिएको छ ।

पशुपती आर्यघाटमा विभिन्न राजनीतिक दलका ठुला नेता तथा कार्यकर्ताहरुको उनको दाहसंस्कार गर्ने क्रममा ठुलो भिड लागेको थियो । सोही अवसरमा सशस्त्र प्रहरी बलको एक टुकडीले उनिप्रति सम्मान गारत अर्पण गरेको थियो । नेता अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

प्रतिक्रिया