काठमाडौं । ताप्लेजुङको पाथिभरा नजिक भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले पुष्टि गरेका छन् ।
हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको गृहमन्त्रालयका सचिव राईले पुष्टि गरेका हुन । कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट बुधबार बिहान साढे ८ बजे उडेको थियो । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो ।
मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, अर्जुन गुरुङ, विरेन्द्र कुमार श्रेष्ठ लगायत सवार थिए । हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए ।
ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया