काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधि र यान्त्रिकीकरणको प्रयोग गरेर कृषिमा निर्भर जनसङ्ख्यालाई घटाउँदै लैजानुपर्ने बताएका छन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आज आयोजना गरेको वर्तमान अवस्था र भावी सोच विषयक गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ जनसङ्ख्या कृषि व्यवसायमा संलग्न भए पनि त्यसअनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताए ।
“हाम्रो देशका लागि यति ठूलो जनसङ्ख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रिकीकरण प्रयोग गरी जनसङ्ख्याको ठूलो हिस्सालाई अन्यत्रको विकास निर्माणमा उपयोग गर्नुपर्छ, उनले भने, “जबर्जस्त रुपमा कृषिमा काम गरेका मानिसलाई विस्थापन गर्ने भनेको होइन तर विकल्प दिएर अन्य काममा यो जनशक्ति उपयोग गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीले कृषिमा मात्रात्मक होइन गुणात्मक परिवर्तन हुनुपर्ने औँल्याउँदै भने, “एकै ठाउँमा ठूलो मात्रामा एकै प्रकारकोे बाली लगाउनु र्पछ । यसरी उत्पादित वस्तुको निर्यात गर्न सजिलो हुन्छ । उनले परम्परागत खेती प्रणालीमा सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्ने तथा कृषि, भूमिव्यवस्था र सहकारीको समन्वय गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया