मुख्य दल आन्तरिक सकसमा

काठमाडौं । नेपालमा लामो संघर्षपछि राजनीतिक स्थिरता कायम भएको देखिएको छ । विगतमा प्रत्येक ९ महिनामा सरकार फेरिन अवस्थाबाट अलिक माथि उक्लिएर पाँच वर्ष टिक्ने गरी सरकार निर्माण भएको छ ।

देशले स्थिर सरकार पाए पनि राजनीतिक दलभित्रका संरचना भने अहिले सबैभन्दा बढी बेथितिमा पुगेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा अहिलेसम्म एकता हुन सकेको छैन । पार्टीका शीर्ष नेतृत्वमा एकता भए पनि तल्ला तथा जनवर्गिय संगठन अहिलेसम्म एकता नहुँदा निष्क्रिय जस्ता भएका छन् ।

पार्टीका शीर्ष नेतृत्वमा एकता भए पनि नेकपाको तल्ला तथा जनवर्गिय संगठन अहिलेसम्म एकता नहुँदा निष्क्रिय जस्ता भएका छन् । जसले नेता कार्यकर्ता अहिले फुर्सदिला छन् । विपक्षी दल नेपाली कांग्रेसको अवस्था त नेकपाभन्दा पनि नाजुक रहेको छ । जनवर्गिय संगठनका अधिवेशन नहुदा अधिकाशं काम चलाउ अवस्थामा छन्

विपक्षी दल नेपाली कांग्रेसको अवस्था त नेकपाभन्दा पनि नाजुक रहेको छ । महाधिवेशन आउन एक वर्ष बाँकी रहँदा पनि सभापति शेबरहादुर देउवाले विभागहरुलाई पूर्णता दिएका छैनन् । जिल्ला र स्थानीय तहमा हुने इकाई अहिलेसम्म गठन पनि हुन सकेको छैन ।

जनवर्गीय संगठनहरूको अवस्था त झनै नाजुक छ । महाधिवेशन गर्न नसकेपछि नेविसंघको कार्यसमिति नै विघटन गर्नुपर्ने अवस्थामा पुगेको छ । तराई केन्द्रीय राष्ट्रिय जनता पार्टीको अवस्थामा पनि उस्तै छ । वैशाखमा एकता महाधिवेशन गर्ने भनिएपनि नेतृत्वका विषयमा नै लफडा जारी छ । सहमति प्रणाली तोडेर बहुमतका आधारमा निर्णय लिन थालिएको भन्दै महन्थ ठाकुर लगायतका नेता असन्तुष्ट छन् । जसका कारण एकता महाधिवेशन के हुने भनेर निष्कर्ष निस्कन सकेको छैन ।

नेकपामा एकता नै सकस

नेपाल कम्युस्टि पार्टी एकता भएको ९ महिनाभन्दा बढी भइसक्यो । पार्टी र प्रदेशमा नेतृत्व चयन गरे पनि त्यसभन्दा अगाडि बढ्न सकेको छैन । प्रदेशको नेतृत्वमा पनि दोहोरो जिम्मेवारी भन्दै एक समूह असन्तुष्ट बनेको छ ।

सबैभन्दा ठूलो सकस भने तल्ला तह र जनवर्गीय संगठनको एकता भएको छ । एकताका बाँकी काम सक्न भन्दै चारवटा कार्यदल गठन भए । तर, चारवटै कार्यदलले एकतालाई पूरा गर्न सकेनन् । दसैँअगाडि नै एकता गर्ने भनिए पनि फागुन मध्याह्नसम्म आइपुग्दा पुनः सचिवालयले नै एकताको प्रस्ताव बनाउने भन्दै कार्यदल भंग गरिएको छ । गत मंसिर २९ देखि पुस १३ गतेसम्म बसेको पार्टीको स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय कार्यदललाई शुक्रबार बसेको सचिवालयको बैठकले विघटन गरिदिएको हो ।

विघटनसँगै नेकपाको पछिल्लो कार्यदल पनि असफलतामा टुंगिएको छ । गत जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि सांगठनिक एकतालाई सहज तुल्याउने प्रयोजनका लागि पटकपटक कार्यदल गठन गरिएको छ । तर, प्रायको अन्त्य भने आंशिक उपलब्धि हासिल गर्दै सकिएको छ ।

नेतृत्व समृद्ध नेपाल बनाउने अभियानमा जुटेपनि कार्यकर्तामा एकता नहुँदा के हुने हो भनेर अन्योलमा छन् । सरकारमाथि निरन्तर आक्रमण हुँदा पनि कार्यकर्ता मौन नै बसेको देखिन्छ । झण्डै दुईतिहाइ मत ल्याएको नेकपा आफ्नै कार्यकर्ताको समेत आलोचनामा पर्न थालेको छ । जसका कारण विपक्षीलाई समेत सजिलो भएको छ । स्थायी कमिटीमै एकतालाई कसरी टुंग्गोमा पु¥याउने भनेर किचलो यथावत रहेको छ । जसका कारण एकता कहिले भइसक्छ भनेर कसैले पनि भन्न सक्ने अवस्था छैन ।

कांग्रेसमा किचलो

कांग्रेसका शीर्ष नेताहरू अहिले सार्वजनिक मञ्चमै एकअर्काको नाम नै किटेर धम्की र चेतावनीपूर्ण भाषा प्रयोग गर्ने अवस्थामा पुगेका छन् । निर्वाचनपछि आफँैमा शिथिल बनेको कांग्रेस आन्तरिक कारण झनै शिथिल बनेको छ ।

सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि १४ औं महाधिवेशन आउन एक वर्ष बाँकी छ । तर, महाधिवेशन कहिले हुने भनेर नेताहरू भन्न सक्दैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरू अहिलेबाट कार्यतालिका बनाएर जान भने पनि सभापतिले ठाडै इन्कार गर्दै आएका छन् । महासमिति बैठकमै लफडा परेर लभ परेको घोषणा गरेका देउवा र पौडेलबीच अहिले ब्रेकअप परिसकेको छ ।

कांग्रेसमा अहिले नयाँ नेतृत्व लिने दाउमा चार समूह छन् । संस्थापन पक्ष, पौडेल समूह, कोइराला समूह र सिटौला समूह गरी चार समूहमा कांग्रेस नेतृत्व रहेका छन् । संस्थापन पक्षलाई सहयोग गर्ने ठानिएको कोइराला समूहसँग देउवा पछिल्लो समय त्रूmद्ध छन् । उनले शेखर कोइरालाको नाम नै किटेर सार्वजनिक मञ्चमै त्यसको के योगदान छ पार्टीमा भनेर अभिव्यक्ति दिइसकेका छन् । जसका कारण उनीहरूबीचको सम्बन्ध चिसिएको नेताहरूले आशंका गरिरहेका छन् ।

कांग्रेसको महाधिवेशनबाट नेतृत्व हत्याउने गृहकार्य गर्न चारै समूह क्रियाशील रहेका छन् । जसका कारण देशको मुख्य मुद्दामा अन्योलता तथा एकता हुन सकेको छैन । कांग्रेसले निरन्तर सरकारविरुद्ध अधिनायकवाद लादेको भन्दै आक्रमण गरे पनि पार्टीभित्र भने ऊ आफँैमा अन्योलग्रस्त छ । पार्टीका अघिकांश संगठनहरूमा अधिवेशन हुन सकेको छैन । सबैभन्दा क्रियाशील रहेको नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमिति भंग छ भने तदर्थ समिति अहिलेसम्म गठन हुन सकेको छैन । अन्य केही संगठनको अधिवेशन अनिश्चित छ भने केहीको त वर्षौं भइसक्यो ।

प्रतिक्रिया