जेसीबी दुर्घटनामा चालकको ज्यान गयो

स्याङजा । घडेरी खन्न गएको जेसीबी दुर्घटना हुँदा चालकको ज्यान गएको छ । स्याङजाको वालिङ नगरपालिका—१२ लाम्पाते बाट घडेरी खनेर फर्कने क्रममा लु १ प २२०३ नं को जेसीबी सडकबाट ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

जेसीबीमा सवार रहेका चालक र जग्गाधनी घाईते अबस्थामा प्राथमिक स्वास्थ्य केन्द्र वालिङ ल्याईएको थियो । उपचारको क्रममा स्वास्थ्य केन्द्रले अर्घाखाँची जिल्ला शिवगंगा नगरपालिका—१३ का २७ बर्षीय चालक कृष्ण परियारलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक नबिन कृष्ण भण्डारीले जानकारी दिए ।

सँंगै सवार रहेका जग्गाधनी नगरपालिका वडा नं १२ का ४४ बर्षीय भक्त बहादुर गोतामेलाई थप उपचारको लागि पोखरा स्थित गण्डकी शिक्षण अस्पतालमा पठाईएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर प्रशाद आचार्यले जानकारी दिए ।

घाईते गोतामेको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको बताईएको छ । मृतक परियारको शव पोष्टमाटमकाे लागि प्राथमिक स्वास्थय उपचार केन्द्र वालिङ राखिएको र पोष्टमाटम पश्चात परिवारलाई बुझाईने बताइएको छ ।

प्रतिक्रिया