सेन्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं । सेन्चुरी कमर्सियल बैंकले श्रीपञ्चमीको उपलक्ष्यमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रूपन्देही वडा–५ स्थित श्री मर्चवार आर्दश मावि, मझगांवा, विद्यालयलाई २ सय ९५ थान ब्याग हस्तान्तरण गरेको छ ।

सो ब्याग बैंकको भैरहवाका क्षेत्रीय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितिमा सो विद्यालयका विद्यार्थीहरूलाई हस्तान्तरण गरेका छन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य थुपै कार्यक्रमहरू गर्दै आएको छ ।

प्रतिक्रिया