बेरोजगारहरूका लागि पाथिभरा जब लिंक

पवन अधिकारी कार्यकारी प्रमुख, पाथिभरा एडभरटाइजिङ प्रालि

प्रदेश १ मा छोटो समयमा सफल व्यवसायीको परिचय बनाउन सफल सुनसरीको इटहरीका पवन अधिकारी विगत ३ दशकअघि सुनसरीको इटहरी–२ शान्तिनगरमा जन्मिएका उनी एक दशक बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पत्रिकाको हकरदेखि सुरु भएको उनको यात्रा करिब एक दशकमा सफल व्यवसायी र सञ्चार उद्यमीसम्म पुगेको छ । पाँच वर्षअघि स्थापना भएको पाथिभरा एडभरटाइजिङ प्रालि इटहरीको कार्यकारी प्रमुखका रूपमा रहेका उनी छोटो अवधिमा राजधानीबाहिर सर्वोत्कृष्ट कारोबार गर्ने विज्ञापन एजेन्सीका रूपमा परिचित भइसकेका छन् । यतिबेला पाथिभरा एडभरटाइजिङ प्रालि काठमाडौं बाहिरमा उत्कृष्ट कारोबार गर्ने एजेन्सीका रूपमा समेत परिचित बनेको छ ।

उनले एजेन्सीको पाँचौँ वर्ष प्रवेशको अवसरमा श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा २७ माघ आइतबारबाट पाथिभरा जब लिंकसमेत सुरुवात गर्दै छन् । उनको विज्ञापन एजेन्सी, सुरु हुन लागेको जब लिंकलगायत मिडिया क्षेत्रका अन्य विविध विषयमा केन्द्रित रही सौर्य दैनिकले गरेको कुराकानीको सम्पादित अंश;

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
म एक विज्ञापन व्यवसायी भएकोले नियमित रूपमा सरकारी तथा निजी क्षेत्रका विज्ञापनहरू प्रकाशन तथा प्रसारण नै पहिलो प्राथमिकता हो । केही सञ्चार माध्ययमहरूमा आबद्ध भएका कारण जनताको सुसूचित हुने अधिकारको सम्मान गर्र्दै सूचना प्रवाह गर्ने काम गरिरहेको छु । साथै पाथिभरा एडभरटाइजिङ प्रालिको पाँचाँै वार्षिकोत्सको अवसरमा पाथिभरा जब लिंकको समेत विधिवत उद्घाटन गर्दै छु ।

 

कुन उद्देश्य लिएर पाथिभरा जब लिंक सुरु गर्दै हुनुहुन्छ ?
मैले पत्रकारिता सुरु गरेदेखि नै विभिन्न सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय भएँ । पछि एजेन्सी सञ्चालन गरेपछि जनसम्पर्क झनै बढेर गयो । त्यसै पनि हाम्रो देशमा बेरोजगारीको संख्या निकै ठूलो छ । रोजगारीकै अभावमा दैनिक सयौँ युवायुवती विदेश जान बाध्य छन् । पहिलो कुरा त नेपालमा रोजगारीको अवसरै छैन । भए पनि विभिन्न पार्टीको सिफारिस र अनेक भनसुन गर्नुपर्ने कारण रोजगारीका अवसरबाट वञ्चित भएका कारण दक्ष जनशत्ति विदेशतर्फ पलायन भइरहेको छ । त्यो दक्ष जनशक्तिलाई रोक्न र यहि पनि रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यका साथ पाथिभरा जब लिंक सुरु गर्ने सोच बनाएको हुँ ।

 

अरू पनि त जब लिंक छन् इटहरीमा नयाँ चाहिँ किन ?
पाथिभरा जब लिंक किन भन्दा पहिलो कुरा त म व्यवसायी मात्र नभएर यहाँको नागरिक पनि हुँ । म अरूबेला पनि विभिन्न ठाउँका युवायुवतीलाई जागिर दिएकोे छु । कति दिन यसरी भनसुन मात्र गरेर जागिर लगाउने भन्ने सोचका साथ वैधानिक रूपमा कम्पनी नै दर्ता गरेर यो प्रक्रिया सुरु गरेको हुँ । म जागिर मात्रभन्दा पनि इटहरी क्षेत्रका तथा अन्य युवायुवतीलाई कुनै पनि कामका विषयमा तालिम दिई दक्ष बनाएर उनीहरूलाई जागिर दिलाउन यो सञ्चालनमा ल्याउन लागेको छु ।

 

तपाईंको विज्ञापन एजेन्सीको अवस्था चाहिँ के छ ?
मेरो एजेन्सी अहिलेसम्म राम्रै छ । स्थापनाको पाँचौँ वर्षमा पुग्दा राजधानी बाहिरबाट उत्कृष्ट कारोबार गर्ने एजेन्सीका रूपमा स्थापित भएको छु । देशका तीनवटा प्रदेशमा म यतिबेला काम गरिरहेको छु । अन्य प्रदेशमा पनि काम गर्ने तयारी गरिरहेको छु ।

 

भावी योजना के के छन् ?
सबैभन्दा पहिला त व्यवसायलाई नै पहिलो प्राथमिकता दिनेछु । व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउने कुरामा समेत पहिलो प्राथमिकता हुनेछ र साथै पाथिभरा जब लिंकलाई समेत विस्तार गरी रोजगारीको खोजीमा रहेका दक्ष व्यक्तिहरूलाई तालिम र रोजगारको समेत व्यवस्था मिलाउने कुरामा जोड दिनेछु । साथै विभिन्न वित्तीय संस्था र माइक्रो फाइनान्सहरूसँग समन्वय गरी वित्तीय सचेतनासम्बन्धी तालिम र गोष्ठीसमेत आयोजना गर्ने तयारीमा छु । व्यवसाय गरेर नाफा मात्रभन्दा पनि सामाजिक क्रियाकलापमा समेत नाफाको केही प्रतिशत खर्च गर्ने प्रणसमेत गर्दछु ।

प्रतिक्रिया