काभ्रे । चट्याङले बर्षौँदेखि बवण्र्डर मच्चाउँदै आएको काभ्रेको विकट दुई गाउँपालिकामा यसपाली पनि चट्याङ पर्दा लाखौँको क्षति हुन पूगेको छ ।
आज बिहान ९ बजे महाभारत गाउँपालिका– ५ खोलाघारीस्थीत हस्त बहादुर दर्लामी र शूभकर्ण दर्लामीको पसलमा परेको चट्याङले पसलको लाखौँ बराबरको सामान नष्ट भएको छ । हरेक बर्ष चट्याङले आतंकीत भएका गाउँहरूमा बिजुली को केन्द्रिय लाईन पुग्न सकेको छैन ।
स्थानिय स्तरबाट सञ्चालनमा आईरहेको लघुजलविद्युत पनि बाल्नलाई स्थानियहरू डर मान्ने गर्छन् । शनिवार परेको चट्याङमा भने कुनै मानविय र पशु चौपायको क्षति भएको छैन । हरेक बर्ष चट्याङकै कारण यस भेगका दर्जनौले ज्यान गुमाउँदै आएका छन् ।
प्रतिक्रिया