नेता अधिकारी पुनः अस्पतालमा भर्ना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई थप उपचारका लागि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको छ । उनको श्वासप्रश्वास लगायतमा समस्या देखिएपछि मेडिसिटी अस्पतालबाट थप उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

गत माघ २ गते अधिकारीको स्वास्थ्यमा समस्या आएपछि मेडिसिटीमा भर्ना गरिएको थियो । मेडिसिटी अस्पतालमा उपचारमा सुधार नभएपछि ह्याम्स अस्पतालमा पुनः भर्ना गरिएको उनले बताए ।

उनका अनुसार ह्याम्स अस्पतालमा अधिकारीको डा. भगवान कोइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्कीलगायतका समूहले स्वास्थ्य उपचार गरिरहेको छ । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ ।

प्रतिक्रिया