‘जनताको सम्पत्तिको सुरक्षा गर्ने जिम्मा बैंकहरूकै हो’

                                       सन्तोष कोइराला, नायब प्रमुख कार्यकारी अधिकृत, माछापुच्छ्रे बैंक

अहिलेको अवस्थामा बैंकहरूले व्यवसाय स्थायीत्वको कठिन संघर्ष गरिरहेका छन् । पहिलालो अवस्था भन्दा अब राहत हुनेमा बैंक सञ्चालकहरू आशावादी छन् । सरकारले ल्याएको बजेट पूर्णरूपमा कार्यान्वयन गर्न सक्ने हो भने पनि तरलताको समस्या नआउनेमा उनीहरू ढुक्क छन् । वर्तमान आर्थिक अवस्था, बैंकहरूको कारोबार र माछापुच्छे बैंकको आगामी योजना लगाएतका बिषयमा सौर्य दैनिकका लागि केशव भट्टले माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, सन्तोष कोइरालासँग गरेको संवादको संवादीत अंशः

 

देशको वर्तमान आर्थिक अवस्था

चालू आर्थिक वर्षमा शोधनान्तर स्थिति नेगेटिभ छ । सरकारको खर्च प्रगति पनि खासै हुन सकेको छैन । विभिन्न सूचकहरूको नकारात्मक अवस्थाले बैंकिङ क्षेत्रको सेवा प्रवाहलाई प्रत्यक्ष प्रभाव पारेको छ । बजारमा नयाँ निक्षेपको सिर्जना अपेक्षाकृत हुन नसक्दा लगानीयोग्य फन्डको अभाव भई ऋण प्रवाह गर्नलाई रोक्नु परेको अवस्था र माग अनुसारको कर्जा प्रवाह गर्न नसक्ने अवस्था छ । त्यसले गर्दा आर्थिक गतिविधिको गति नै कम भएको होकि जस्तो देखिन्छ ।

बैंकहरूको ब्याजदर बढाउने घटाउने प्रक्रिया त चलिरहन्छ । प्रतिस्पर्धा हुनु स्वभाविक हो तर प्रतिस्पर्धा स्वस्थ हुनु जरुरी छ । चालू आर्थिक वर्षको सुरुमा स्थायी सरकार छ, समयमा बजेट आउछ, समयमा सरकारले खर्च गर्छ भन्ने हिसाबले बैंकहरूले आ–आफ्ना योजना बनाए । अनि क्यापिटल बढेअनुसार रिटर्न दिनुपर्ने प्रेसर पनि बढ्यो । कर्जा प्रवाह नबढाई रिटर्न दिन नसकिने भएपछि बैंकहरू कर्जा बढाउनमा प्रेसर प¥यो । जुन स्रोत आउला भन्ने योजनाले बैंकहरूले बजेट तर्जुमा गरे, तर अन्तमा त्यो अनुसार सरकारको तर्फबाट खर्च हुन सकेन । फलस्वरूप भदौमै तरलता टाइट भएर गयो । जसले गर्दा बैंकहरूले लोन दिन नसक्ने अवस्था आयो । जसले ब्यादरमा प्रतिष्पर्धा बढ्यो । निक्षेप आफूतिर तान्न बैंकहरूले ब्याजदर बढाए र प्रतिष्पर्धा चर्को रूपमा बढ्यो ।

बैंकर्स एसोसिएसनले एउटा रेन्जमा भद्र सहमति गरेको थियो । त्यो एउटै रेन्जले सबैलाई गाह्रो पर्यो कुनै ठूलो पुँजीका बैंक छन्, कुनै सानो पूजीका छन् । त्यसकारण सबैलाई त्यो भद्र सहमतिमा ल्याउन नसकिने अवस्था पनि आयो जसले गर्दा ब्याज बढाबढको स्थिति आएको हो । बजार अध्ययन नगरी नै बैंकहरूले ब्याज बढाए भनिए पनि सबै बैंकहरू टाइट अवस्थामा थिए । कुनै एक बैंकले बढाउँकदा सबैलाई छोएको हो । साँथै, कल डिपोजिटवाट लोन प्रवाह गरेका बैंकहरूमा अझै गाह्रो अवस्था आयो । वाणिज्य बैंकहरूमा बढी असर परेको जस्तो देखियो, किनकी कमर्सियल बैंकहरूले गरेको भद्र सहमतिको फाइदा विकास बैंकहरूले उठाए । केही बचतकर्ता अधिक ब्याजको लागि सिधै विकास बैंकहरूमा गए ।

बैंकहरूको संख्या बढी हैन

बैंकहरूको संख्या बढी भएको भन्दा पनि जुन संख्यामा बैंकहरू छन्, जुन संख्यामा बैंकिङ कारोबार चलिरहेको छ, त्यसलाई व्यवस्थित गर्दै लैजानुपर्छ जस्तो लाग्छ । किनकी खुला अर्थतन्त्रमा कसैलाई रोक्ने भन्ने हुँकदैन । बैंकहरूको संख्या बढी भयो भन्नुभन्दा पनि त्यसलाई अनुगमन गर्ने, नियमन गर्ने कार्यलाई प्रभावकारी बनाउँदै लैजानु उचित हुन्छ जस्तो मलाई लाग्छ ।

माछापुच्छ्रे बैंकको वर्तमान अवस्था

माछापुच्छ्रे बैंकको वर्तमान अवस्था एकदम सुदृढ अवस्थामा छ । यस बैंकमा आजको मितिमा आइपुग्दासम्म ७५ अर्ब ऋण लगानी पुगेको छ । ८५ अर्ब निक्षेप संकलन पुगेको छ । बैंकको खराब कर्जा अत्यन्त न्यून ० दशमलव ४४ प्रतिशत मात्र रहेको छ । साथै अन्य सवै सूचकांकहरू सकारात्मक रहेको तथा समग्रमा माछापुच्छ«े बैंक अव्वल र सक्षम बैंकको रूपमा स्थापित भएको छ । यस बैंकले ९३ ओटा शाखा ५२ शाखारहत बैंकिङ तथा १ सय १४ ओटा एटिएम मार्फत देशभर सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल यस बैंकमा साढे ६ लाख जतिग्राहक रहेका छन् । बैंकमा एकहजार भन्दा बढि कर्मचारि आवद्द रहेका छन् भने , यो बैंक एउटा सिस्टममा रहेर काम गरिरहेको छ । राष्ट्र बैंकले निर्देशन गरेका नीतिमा हामी कटिवद्ध छौं । यस बैंकमा काम गर्ने वाताबरण पनि एकदमै गा्रहकमैत्री छ । विभिन्न क्षेत्रमा लगानी छरिएको छ । विदेशवाट ल्याउनु पर्ने रेमिटयान्सको सञ्जालपनि राम्रो हुदै गएको छ । जस्तै हाल हामीले साउथ कोरिया, टर्कि, अमेरिका, मिडिल ईस्ट, साईप्रस लगायतका देशहरूवाट रेमिटयान्स भित्र्याईरहेका छौं ।

माछापुच्छ्रे बैंकको विगत र हाल

यो बैंक आज भन्दा २० वर्ष अगाडी पोखरावाट सुरु भएको हो । पोखराका त्योवेलाका बरिष्ठ उद्योगपतिहरूको लगानीमा यो बैंक क्षेत्रीय बैंकको रूपमा स्थापना भएको हो र पछि आएर राष्ट्रिय स्तरको बैंकको रूपमा आयो । पछिल्लो ५ वर्ष यता माछापुच्छ«े बैंकको प्रगति एकदमै उत्साहजनक तरिकाले अगाडी बढेको छ । यस बैंकको मुख्य कार्यालय काठमाडौं सरेको एकवर्ष मात्र भएको छ । यस बैंकमा आजभन्दा ६ वर्ष अगाडी ‘ग’वर्गको स्टान्र्डड फाईनान्स गाभिएको थियो ।

अरु भन्दा भिन्न माछापुच्छ्रे बैंक

अरु बैंकमा के छ भन्दा पनि हामीले डिजिटाईजेसनमा जोड दिएका छौं । अवको दुनिया भनेको डिजिटलको दुनिया हो त्यसलाई मध्यनजर गरेर आइटी सेक्युरिटिलाई चुस्त बनाई डिजिटल सिस्टममा हामी जादै छौं । यसको लागि हामीले नयाँ नयाँ प्रडक्टहरू लिएर आउदै छौं । ग्राहकको सन्तुष्टि नै हाम्रो खुसि हो । ग्राहमैत्री सेवा नै हाम्रो प्रमुख दायित्व हो ।

सामाजिक उत्तरदायीत्वका काममा माछापुच्छ्रे बैंक

सामाजिक उत्तरदायीत्वका काममा हामी निकै अगाडी छौं । हामी विभिन्न संघ संस्थाहरू संग मिलेर काम गरिरहेका छौं । पछिल्लो समयको ठुलो काम भनेको हामीले नेपाल प्रहरी संग मिलेर सातै ओटा प्रदेशका क्षेत्रीय प्रहरि कार्यालयलाई करिव करिव ५५ लाखको विपद् व्यवस्थापनको लागि चाहिने उद्धार सामाग्री हस्तान्तरण गरेका छौं । त्यसैगरि, हामीले पशुपति नाथको दर्शन गर्न आउने दर्शनार्थीहरूको सुविधाको लागि ५ सय १० थानको लकर सहितको लकर कक्ष निर्माण गरि पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेका छौं । यस बाहेक देशै भर हामीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायतका क्षेत्रहरूमा निरन्तर काम गरिहेका छौं ।

त्यसैगरि, हामीले युकेएड सक्षमको सहयोगमा नेपालको वित्तीय साक्षरता न्युन रहेका ११ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छौं । यसको साँथै, बैंकले देशका अन्य स्थानहरूमा वित्तीय साक्षरता प्रदान गर्दै आएको छ । हामीले अवका दिनमा पनि यी यस्ता सामाजीक कामलाई बढाउदै लाने योजना बनाएका छौं । अवका दिनमा यस बैंकले स सानाकामहरू शाखा मार्फत र ठुला कामहरू केन्द्रवाट गर्नेछ । हाम्रो योजना शिक्षा र स्वास्थका क्षेत्रमा बढि सामाजिक काम गर्ने रहेको छ ।

बैंकको भावी योजना

भावीदिनमा हामी पुरै डिजिटल प्रविधिमा जादैं छौं । हाम्रो ग्रहाकहरूको चाहाना अनुसार सरल सेवा दिन हामी तयार छौं । शाखा विस्तारमा हामीले विशेष ध्यान दिएका छौं । यो वर्षमा मात्र २२ वटा शाखा थप्ने तयारी छ, भने अर्को वर्षसम्म ४५ वटा थप्ने योजना छ । लगानीका क्षेत्रहरूको विस्तार गर्ने योजना छ । विभिन्न नयाँ नयाँ सेवा सुविधा थपगर्दै लाने योजना छ । साँथै कसरि उच्चतम प्रकृतिको सेवा सुविधा ग्राहक समक्ष पु¥याउने भनेर लागि परेका छौं ।

दुर्गम गांउगांउमा शाखाहरू सञ्चालन गरेर त्यो क्षेत्रको पूँजी त्यहि उत्पादन मुलक क्षेत्रमा लगाउने गरि काम गर्ने प्लान छ । वित्तीय साक्षरताको काम पनि अगाडी बढाईरहेका छौं । यसलाई पनि प्रभावकारी बनाउदै लाने तयारि छ । यस बैंकले आफ्नो सहायक कम्पनीको रूपमा माछापुच्छ्रे क्यापिटल सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

बाणिज्य बैंकहरूका समस्या र चुनौतीहरू

अहिले बैंकिङ क्षेत्रकै सवैभन्दा ठुलो समस्या भनेको जनशक्ति अभाव हो । हामीले गाँउगाँउमा शाखा खोल्यौं त्यो शाखामा पठाउने जनशक्ति छैन । त्यो ठाँउको स्थानीय जनशक्ति छैन, बाहिरवाट पठाउदा खर्चिलो पर्ने तथा जान इच्छुक नहुने समस्या छ । सकेसम्म त्यहि ठाँउको जनशक्ति हुदा सम्म त्यसलाई नै रोजगार दिने हाम्रो मान्यता हो । तर कतिपय ठाँउमा मान्छे नै पाईदैन त्यसकारण समस्या हुने गरेको छ ।
दोश्रो समस्या हो पूर्वाधारको ।

शाखा त खोल्यौं तर क्यास ल्याउने लैजाने कार्य सहज छैन । कुनै कुनै ठाँउ सम्मजान हेलिकप्टर चार्टर गर्नु पर्ने अवस्था छ । हेलिकप्टरको खर्च मंहगो पर्न जान्छ । कतिपय ठाँउमा बत्ति छैन । सोलारको भर पर्नुपर्ने स्थिति छ । अन्य भौतिक पूर्वाधारको पनि समस्या छ । त्यसैगरि आवश्यक सुरक्षाको प्रबन्ध गर्न केही समय लागेको छ । बैंकको शाखा खोल्न उपयुक्त घरपनि भेटिदैनन । यी यावत त दुर्गममा शाखा खोल्दाका समस्या भए ।

अर्को समस्या भनेको नेपालमा बारम्वार आईरहने तरलताको समस्या छ । पूजी बढेर त्यसको रिटर्नदिन बैंकले ठुलो कसरत गर्नु पर्ने भएको छ । खासमा भन्ने हो भने अहिलेको अवस्थामा बैंकहरूले व्यवसाय स्थायीत्वको कठिन संघर्ष गरिरहेका छन् । पहिला भन्दा अव राहत हुनेमा हामी आशावादी हुनुपर्छ । सरकारले ल्याएको वजेट पूर्णरूपमा कार्यान्वयन गर्न सक्ने हो भने पनि तरलताको यस्तो समस्या आउदैन जस्तो लाग्छ ।

अन्तमा

बैंकिङ व्यवसाय भनेको तिव्र गतिमा अगाडी बढ्ने व्यवसाय होईन । यसमा जनताको बचत हुन्छ । जहिले पनि यो व्यवसाय गर्दा जनताको निक्षेपको सुरक्षालाई ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ । जनताको सम्पत्तिको सुरक्षा गर्ने जिम्मा बैंकहरूकै हो । संयमित भएर कामगर्ने क्षेत्र नै बैकिङ क्षेत्र हो व्यवसाय वृद्धिको दीगो लक्ष्य लिएर काम गर्नु जरुरि छ ।

प्रतिक्रिया