जनतामा स्वास्थ्य चेतना अत्यन्तै न्यून छ

सुनसरी जिल्लाका स्थानीय तहमध्ये गढी गाउँपालिका पनि एक हो । ३९ हजार जनसंख्या रहेको गाउँपालिकाको क्षेत्रफल ६५ वर्ग किलोमिटर रहेको छ । ६ वटा वडा रहेको सो गाउँपालिकामा स्ववासका हीसाबले आदिवासी थारूहरूको संख्या बाक्लो रहेको छ । त्यसपछि यादव, मुस्लिम, उराव, मुसरलगायत मान्छे बसोवास गर्छन् । दुहवी नगरपालिका, इटहरी उपमहानगरपालिका, बर्जु गाउँपालिका छिमेकमा रहेका छन् । गढी गाउँपालिकाको योजना, अहिलेको अवस्था लगायतको विषयमा प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र भट्टराईसँग सौर्य दैनिकका लागि यज्ञराज अधिकारी र उमेशचन्द्र कटवालले गरेको संवादको सम्पादित अंशः

यस गाउँपालिकाले कस्ता कस्ता योजना सञ्चालन गरिरहेको छ ?
-गढी गाउँपालिकाको आर्थिक वार्ष ०७५-७६ को योजनाहरू सञ्चालनको क्रममा रहेका छन् । धेरै जसो ठाउँमा उपभोक्त समिति गठन भइसकेका छन् । त्यसैगरी, योजनाहरूको लागि टेन्डर आह्वान गरि सकिएको छ । त्यसै अनुसार काम पनि भइरहेको छ । चारवटा ठूला योजनाको डिपिआर तयार गरी सकेका छौाँ । यसका साथै केही आयोजनाहरू संघ र प्रदेश सरकारबाट पनि आएका छन् । एक करोड भन्दा माथिका योजनाहरूलाई टेन्डर प्रक्रियाबाट अगाडि बढाइरहेका छौँँ ।

गाउँपालिकामा भएका जति पनि क्रियाकलाप छन् । सम्बन्धित स्टक होल्डरलाई पनि राखेर अधिकतम सहभागिता मुलक गर्न खोजेका छौँ । उपभोक्ता द्वारा सञ्चालन हुने जतिपनि योजना छन्, त्यसमा उननीहरूको पनि केही योगदान होस भन्ने उद्देश्यले जन श्रमदानको व्यवस्था गरेका छौँ । त्यही अनुसार काम पनि भइरहेको छ । गढी गाउँपालिका भरी जति पनि सरकारी र सर्र्वजनिक जग्गा छ त्यसको सम्बन्धमा सम्बन्धित वडा कार्यालयमा लगत पठाइ सकिएको छ । सरकारी सार्वजनिक जग्गाको संरक्ष गर्न र त्यहाँ कसैले घर टहरा बनाएको भए तुरुन्त रोक्न लगाई त्यसको प्रतिवेदन पनि पेस गर्न भनेका छौँँ । अहिले नयाँ योजना सञ्चालनको अवस्थामा रहेका छन्् । ३२ करोडको योजना रहेको छ । पुँजीमा १६ करोड चालुमा १५ करोड रहेको छ ।

योजनाहरू कसरी सञ्चालन गरिरहनुभएको छ ?
–गाउँपालिकामा उपभोक्ता समितिबाट सञ्चालन भएका योजना निकै कम छ । प्रायः सबै टेन्डरबाट योजना सञ्चालन भइरहेका छन् । गाउँपालिकाले ठूला खालका योजना मात्र हेर्ने छ । त्यस खालको निति तथा कार्यक्रम पनि बनाएका छौँँ । अहिले मर्मत र स्तरोन्नति गरिरहेका सडक अर्को वर्ष कालोपत्रे गर्ने गरी काम गरिरहेका छौँ । हामीले योजना बनाउँदा बाटोको मापदण्ड पनि बनाएका छौँ । बाटोको अवस्था र वडा कार्यालयको सिफारीसमा अधिकतम ४० फिट र न्युनतम १६ फिट तोकेका छौँ ।

सामाजिक क्षेत्रको कामहरू कसरी सञ्चालन गर्नुभएको छ ?
–सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य क्षेत्रमा राम्रो बजेट विनीयोजन गरेका छौँ । त्यसै गरी कृषिको लागि पनि गाउँपालिकाले प्रयाप्त बजेको व्यवस्था गरेको छ । एनजिओ ÷आइएनजिओको हकमा नीयमन अनुगमनको निति बनाएका छौँ । गत आर्थिक वर्षमा एनजिओ-आइएन जिओको भुमिका प्रभावकारी नदेखिएकोले यस वर्ष नीयम बनाएका हौ । उनीहरूले गाउँपालिकामा काम गर्दा स्विकृति लिनु पर्ने । आफ्नो आय स्रोत देखाउनुपर्ने हुन्छ ।

गाउँपालिकासँग काम गर्दा सहकार्य गर्नु पर्ने निति बनाएका छौँ । वहाँहरूले कति योगदान गर्न सक्नुहुन्छ त्यसकै अधारमा हामीले पनि ‘पाटनरसिप’मा काम गर्छौँ । स्थानीय एनजिओसँग काम गर्छौँ तर वहाँहरूको लगानि गर्न सक्षम हुनुहुन्छ भने मात्र । सबै लगानि गाउँपालिकाले गर्ने गरी हो भने हामी काम गर्दैनौँ । विगतमा लोकल एनजिओहरूको भुमिका प्रभावकारी नदेखिएको हुनाले त्यसमा नितिबनाएर अगाडी बढेका छौँ ।

गाउँपालिकोको भौगोलिक अवस्थिति कस्तो रहेको छ ?
–यस गाउँपालिकामा ३९ हजार जनसंख्या छ । छिमेकमा दुहवी नगरपालिका, इटहरी उपमहानगरपालिका, बर्जु गाउँपालिका छन् । गढी गाउँपालिकाको क्षेत्रफल ६५ वर्ग किलोमिटर रहेको छ । गाउँपालिकामा ६ वटा वडा रहेका छन् । यस गाउँपालिकामा थारू संख्या धेरै छ । त्यसपछि यादव, मुस्लिम, उराव, मुसर लगायतको बसोवास रहेको छ ।

जनप्रतिनिधिहरूको भूमिका र कामलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
–जनप्रतिनिधिहरूको भुमिकामा ऐन बनाउने, नीति बनाउने, बजेट बनाउन र अनुगमन गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले दिएको छ । त्यसको आधारमा जनप्रतिनिधिले बनाएको ऐन नीयममा रहेर कर्मचारीहरूले काम गछौँं ।

यहाँ शिक्षा अवस्था कस्तो छ ? त्यसको सुधारको लागि के गरिरहनुभएको ?
–शिक्षामा अवस्था कम्जोर छ । सामुदायिक विद्यालयको अनुगमन गर्दा शिक्षण विधि, विद्यार्थीको उपस्थित, शिक्षकको उपस्थित निकै कम रहेको पायौँ । विद्यालयबाट माग भएर आएका विषयमा अनुगमन गरेरमात्र निकास गर्ने गरेका छौँ । वडा १ मा केही विद्यालयको अवस्था अत्यन्तै नाजुक रहेको छ । कक्ष ८ र ९ मा पढने विद्यार्थीले नै राम्रासँग पढन नसक्ने देखियो । विद्यार्थीहरू पुस्तकविनै विद्यालय जाने गरेका थिए । शिक्षकहरू पनि समयमा विद्यालय आउँदैन थिए ।

यसलाई नियन्त्रण गर्न गाउँ शिक्षा समिति गठन गरेका छौँ । त्यसले अनुगम गरेर प्रतिवेदन पेस गरिरहेका छ । म आफै पनि बेला–बेला अनुगमनमा जाने गरेको छु । अनुगम गरेकै अवस्थामा त्यहाँ भएका वस्तु स्थितिको बारेमा सुधार गर्न निर्देशन पनि दिइसकेको छ । त्यसैगरी, सामुदायिक विद्यालयको भौतिक अवस्था पनि कम्जोर रहेको छ । कहीँ विद्यार्थी बढी छन् शिक्षक छैनन् ।

कहीँ विद्यार्थी कम छन् शिक्षक छैनन् । विद्यालयमा शिक्षक र प्रधानाध्यापकबीचमा पनि सम्बन्ध नराम्रो भएको पायौँ । यस्तो अवस्थालाई सुधार गर्न आईटीको व्यवस्था गरेका छौँ । यो हामीले चारवटा माध्यामिक विद्यालयमा गरेका छौँ । यसमा शिक्षकको उपस्थिति, विद्यार्थीको उपस्थिति, विद्यार्थीको अवस्था, पढाइको अवस्था सबै त्यसमा इन्डिकेटर ले देखाउछ । त्यसमा के भयो भने त्यहाँका शिक्षकहरूले त्यसलाई फलोअप गरेको देखिएन । त्यसमा चासो राखिएको पनि देखिएन । कार्यान्वयनको पाटोमा प्रभावकारी छैन ।

गाउँपालिको स्वास्थ्य सेवा कसरी प्रभाव भइरहेको छ ?
–स्वास्थ्य संस्थाको हकमा हाम्रो गाउँपालिकामा ४ वटा स्वास्थ्य संस्था रहेका छन् । यसमा प्राथमिक स्वास्थ्य केन्द्र एउटा छ । तिनवटा स्वास्थ्य चौकि छन् । स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका कर्मचारी रहेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा यस वर्षबाट ‘वर्थिङ्ग सेन्टर’ सञ्चालन गरेका छौँ । प्रथमिक स्वास्थ्य केन्द्रर र एउटा स्वास्थ्य चौकीमा ल्याब पनि सञ्चालनमा ल्याएका छौँ । नेपाल सरकारको निति अनुसार गाउँपालिकामा १५ शय्याको अस्पताल स्थापना गर्ने भनिएको छ । त्यसलाई फलोअप गरि कार्यपालिकाको निर्णय गराएर सम्बन्धित मन्त्रालयमा पठाइएको छ । त्यहाँबाट आएपछि प्रक्रिया अगाडि बढेको छ ।

स्वास्थ्यको सवालमा जनताको चेतना स्तर कस्तो पाउनुभएको छ ?
–यहाँ विभिन्न कार्यक्रम गर्दा स्वास्थ्यको चेतना अत्यन्तै न्यून रहेको पाइयो । कति मान्छेलाई स्वास्थ्य बिमा भनेको पनि थाहा छैन । गाउँपालिकामा मेरो स्वास्थ्य अवस्था कम्जोर भयो, आर्थिक अवस्था कमजोर भयो भन्दै सानो सानो कामका लागि निवेदन माग गर्नुहुन्छ । त्यसमा पनि अत्यन्तै न्युन रकमको लागि आउनु हुन्छ । हामीले स्वास्थ्य विमा कार्यक्रम निकट भविष्यमा सञ्चालनमा ल्याउँदै छौँ । स्वास्थ्य बिमाको विषयमा बुझाई कम छ । त्यसलाई प्रचार प्रसार गर्छौँ । ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य परीक्षणको कार्यक्रम रहेको छ । त्यो पनि गर्ने सोचाइ बनाएका छौँ ।

नयाँ संरचनाको स्थानीय तहको अनुभव कस्तो रहयो ?
म ०७५ वैशाखबाट स्थनीय तहमा कार्यरत छु । जनप्रतिनिधि र कर्मचारीको बुझाइमा फरक छ । हामी कर्मचारी संस्थागत र नितिगत विषयमा बढी जोड दिन्छौँ । वहाँहरू त्यस विषयमा त्यति प्राथमिकता राख्नुहुन्न । वहाँहरूले यसलाई त्यति प्राथमिकता दिनुहुन्न । वहाँहरूले अन्य–अन्य विषयमा मात्रै चासो राखेको पाइन्छ । गाउँपालिकालाई चाहीने ऐन, कानुन, नीति, मापदण्डमा खासै चासो राखेको देखिँदैन । यस्तो विषयमा वहाँहरूको विज्ञता रहेको देखिदैन । यसले गर्दा पहीलो चरणमा वहाँहरूलाई स्थानीय सरकार सञ्चालन ऐन अनुसार सञ्चालन गर्न समस्या भएको छ । कसरी गर्ने ? के गर्ने ? भनेर जनप्रतिनिधहरू अन्योलमा रहेका छन् ।

कर्मचारीहरू किन स्थानीय तहमा लामो समय टिक्दैनन् ?
–जन प्रतिनिधिको बुझाइ एउटा, कर्मचारीको अर्को छ । सिस्टम थाहा नभएका कारण पनि कयौं समस्या भएका हो । कर्मचारी जहाँ सिस्टम बसेको छ त्यहीँ जान चाहन्छन् । त्यहाँ काम गर्न सजिलो हुन्छ । सहरसँग जोडिएका गाउँपालिका भए पनि यहाँको चेतनास्तर भने न्यून छ । सहरी क्षेत्रसँग सम्बन्ध भए पनि यहाँ पूर्वाधारको विकास पनि राम्रो छैन र चेतना स्तर पनि माथि उठेको देखिँदैन । यस्ता अवस्थामा कर्मचारी काम गर्न समस्या ठान्छन् ।

गाउँपालिकाको कृषि क्षेत्रको अवस्था कस्तो छ ?
–कृषि बजारको व्यवस्था पनि राम्रो छैन । किसानले उत्पादत गरेको वस्तुले उचित बजार पाएको देखिँदैन । जसको कारणले यहाँको आन्तरिक आय स्रोत पनि कमजोर छ । यस कारण पनि गाउँपालिकामा आर्थिक क्रियाकलाप कमजोर छ ।

संघीय सरकारको अनुदानमा सञ्चालन भइरहेको स्थानीय तह आफैँ सक्षम हुन कति समय लाग्ला ?
– यहाँ बजार व्यवसाय फस्टाए, उद्योग धन्दा कलकारखाना खुले भने आन्तरिक स्रोत बढ्ने हो । करको दायरा बढाउने र राजस्व वृद्धि गर्ने तर्फ जनप्रतिनिधहरूको धारणा छ । त्यस तर्फ व्यवहारिक रूपमा कार्यान्वयनमा लाग्ने ध्यान दिएको भने पाइदैँन । हामीले पनि राय परामर्श दिने गरेको छौँ । राजस्व बढाउने सम्बन्धमा हाम्रो स्थानीय तहमा राजस्व परामर्श समिति पनि छ । यस समितिमा प्रयाप्त मात्रामा छलफल भएको पनि देखिदैँन ।

छलफल बजेट ल्याउने समयमा मात्र हुने गरेको छ । यसले समय समयमा राजस्व परिवर्तन भएको राजस्वको उठे नउठेको करको दायरामा आए नआएको विषयमा कम्जोर छ । त्यस विषयमा अध्ययन, अनुगम छैन । स्थानीयले घर नक्सा पास गराएदेखि राजस्व संकलन बढने थियो । त्यसतर्फ वहाँहरूले ध्यान दिएको पाइदैँन । सवारी पटके कर वार्षिक कार्य नितिमा भए पनि कार्यान्वयन हुन सकेको छैन । स्थानीय तहलाई आफैँ सक्षम हुन अझै लामो समय लाग्ने देखिन्छ ।

कर संकलनको अवस्था कस्तो छ ?
–कर संकलनको अवस्था हाम्रो गढी गाउँपालिकामा ६ महिनाको अवधिमा २५÷३० लाख जति राजस्व प्रप्त भएको छ । यस गाउँपालिकामा घर जग्गा कारोबार बापत आएको राजस्वले धेरै राहत पुगेको छ । घर जग्गा कारोवारको रष्ट्रिेसन शुल्कको ६० प्रतिशत स्थानीय सरकारले पाउने भनेकोले महीना महिनामा प्राप्त भइरहेको छ । यस आर्थिक वर्षमा २ करोड राजस्व लक्ष्य लिएका छौँ । त्यो उठने अपेक्षा छ ।

आन्तरिक पर्यटक प्रवद्र्धनका लागि के गर्दै हुनुहुन्छ ?
–गढी गाउँपालिकाको पहीचानको कुरा धार्मिक गढी छ । त्यो ७-८ सय वर्ष पुरानो स्थान हो । त्यहाँ भवन पनि छ । पुरात्वको हिसाबले पनि महत्वपूर्ण छ । त्यसैको नामबाट गाउँपालिकाको नाम राखिएको हो । त्यसका लागि संघीय र प्रदेश सरकारले बजेटको व्यवस्था गरेको छ । गुरुयोजना बनाएर आयस्रोतको रूपमा विकास गर्ने लक्ष्य रहेको छ । आन्तरिक पर्यटक प्रर्वद्धन गर्ने गरी त्यो स्थानको विकास गर्ने छौँ ।

प्रतिक्रिया