पाकिस्तान–भारतबीच वार्ता हुनुपर्छः जावेद

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरलगायत पाकिस्तान र भारतबीचको सम्पूर्ण समस्या वार्ताकै माध्यमबाट समाधान गर्नुपर्नेमा आफ्नो मुलुक दृढ रहेको बताएका छन् ।

सन् १९४७ मा काश्मिरमा भारतीय सैनिकको आक्रमणमा परेर मारिएका हजारौँ नागरिकको सम्झनामा नेपालस्थित पाकिस्तानी दूतावासले मङ्गलवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संयुक्त राष्ट्रसंघले पारित गरेको प्रस्ताव र तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले काश्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिबद्धता अझै कार्यान्वयन गर्न भारत तयार नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

दक्षिण एसियाको शान्ति, विकास र स्थायित्वका लागि भारत–पाकिस्तानबीचको तनाव अन्त्य हुनुपर्ने राजदूत जावेदको भनाई छ । राजदूत जावेदले नेपाललाई पाकिस्तानले असल मित्रको रूपमा लिएको पनि बताए। सन् १९४७ मा भारतीय सेनाले आफ्ना नागरिकलाई आक्रमण गरी मारेको स्मरण गर्दै पाकिस्तानले फेब्रुअरी ५ लाई कालो दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया