यूएईबाट ३३ किलो सुन पठाउने हरिशरण खड्का पक्राउ

काठमाडौं । चर्चामा रहेको ३३ किलो सुन काण्डमाका आरोपी ३३ किलो सुन नेपाल पठाउँने हरिशरण खड्का यूएईबाट पक्राउ परेका छन् ।

आरोपी खड्कालाई यूएईमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय काठमाडौंले बताएको छ । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० मा रेड नोटिस जारी गरिएको थियो ।

४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । उनको घर काभ्रे जिल्लामा रहेको बताइएको छ । वैदेशिक रोजगारीको लागी युएई पुगेका खड्का पछिल्लो समय जागिरै छाडेर सुन तस्करीमा लागेको अनुसन्धामा पत्ता लागेको छ ।

०७३ पुस २१ गते बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि खड्का मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले युएईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको सुन अनुसन्धान समितिले सार्वजनिक गरिसकेको छ ।

प्रकरणमा रेड नोटिस जारी भएका मध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् ।

प्रतिक्रिया