किन रोज्छन् जापानी वृद्धवृद्धाले जेल ?

जेल, सुन्नेबित्तिकै पनि मान्छे आत्तिन्छ । अझ जेलको बसाइ शारिरिक र मानसिक रूपमा सहज मानिदैन । मान्छेलाई जेल सुन्दै अत्यास लाग्छ, बस्दा के होला ? जेल जानु कुनै अपराध गर्नु हो । राम्रो काम गर्नेहरू पक्कै पनि जेल बस्दैनन् । तर, विश्वको समृद्ध मूलुक मध्येको एक जापानमा वृद्धवृद्धाले जेल बसाइ रोजेको पाइन थालेको छ ।

जापानमा ६५ वर्ष माथिका मानिसले गर्ने अपराधको मात्रा बिस वर्षयता निकै बढेको छ । त्यहाँका मान्छे अपराध जेल जानका लागि गर्छन् । जेल जानु पर्ला भनेर अपराध गर्न डराउँदैनन जापानीहरू । बरु जेल जान पाइयोस् भनेर ढुक्कले अपराध गर्छन् र प्रहरीसामु आफैँ जान थालेका छन् ।

केही वृद्धवृद्धा आफ्नो जीवनको मध्यतिर आइलाग्ने विभिन्न दुर्घटनाका कारण पनि यस्ता अपराधतिर लाग्छन् । अधबवंशे उमेरमा उनीहरू श्रीमति वा बच्चा गुमाउँछन् र त्यो परिस्थितिसँग जुझ्न सक्दैनन । आफूलाई साथ दिने या हेरचाह गर्ने व्यक्ति भएकाहरूले धेरैजसो यस्ता अपराध गर्दैनन्

यस बारेमा बिबिसीका एड बटलरले किन ? भन्ने प्रश्नको जवाफ खोजेका छन् । हिरोसिमास्थित घरमा पुनस्र्थाापित गर्नु अघि राखिने एउटा केन्द्रमा रहेका टोसियो टकाटाले गरिबीका कारण आफूले कानुन तोडेको बताए । उनी निःशुल्क बस्ने ठाउँको खोजीमा थिए, जेल भए पनि उनलाई त्यो मान्य थियो ।

‘म पेन्सन पाउने उमेरमा पुग्दा मसँग भएको सबै पैसा सकियो । त्यसपछि मैले सोचेँ जेल जान पाए त म सित्तैँमा बस्न पाउनेछु ।’ ‘त्यसैले मैले एउटा साइकल लिएर प्रहरी स्टेसन गएँ र त्यहाँ भएका प्रहरीलाई देखाएँ, हेर त मैले यो चोरेँ ।’

उनको योजनाले काम ग¥यो । त्यो टोसियोको पहिलो अपराध थियो ६२ वर्षको उमेरमा, तर जापानको अदालतले सानोतिनो चोरीलाई पनि निकै गम्भीर रूपमा लिन्छ । उनले एक वर्षको जेल सजाय पाए ।

सानो गाँठीका, दुब्ला पातला अनि खित्खिताइरहने बानी भएका टोसियो पेशेवर चोर जस्ता लाग्दैनन् । त्यसमा पनि महिलालाई चक्कु देखाएर धम्काउने त हुँदै होइनन् । तर, पहिलो जेल सजाय भोगेर निस्केपछि उनले त्यही गरे ।

‘म पार्क गएँ र उनीहरूलाई धम्क्याएँ । म उनीहरूलाई कुनै हानि पु¥याउन चाहन्नथेँ । मैले चक्कु देखाएपछि उनीहरूले प्रहरीलाई खबर गर्नेछन् भन्ने सोचेको थिएँ । एकजनाले त्यसै गरिन् ।’ टोसियो ले जेलको कोठामा आफैँले बनाएका चित्र राखेका छन् । गएको आठ वर्षको करिब आधा समय टोसियोले जेलमा बिताए ।

उनलाई जेल बस्न मन पर्छ र ? भनेर मैले सोध्दा उनले आर्थिक फाइदा देखाए, ‘उनी जेलमा बस्दा पनि पेन्सन त आइरहेकै हुन्छ ।’ ‘मलाई मन पर्ने भन्ने होइन तर म त्यहाँ सित्तैँमा बस्न पाउँछु,’ उनी भन्छन । ‘त्यसैले जेलमा बस्नु त्यति दुःखदायी लाग्दैन ।’

टोसियो जापानमा बढिरहेको मर्माहत पार्ने प्रवृत्तिको अपराधको प्रतिनिधि उदाहरण मात्र हो । कानूनको कडा पालना गर्ने जापानी समाजमा ६५ वर्ष माथिका मानिस अपराधमा संलग्न हुने प्रवृत्ति बढ्दै गइरहेको छ ।

सन १९९७ मा बीसजना अपराधीमध्ये एकजना यो उमेर समूहका हुन्थे । तर बीस वर्ष यता यो संख्या बीस जनामा पाँचजना भन्दा बढी पुगेको छ । जनसंख्याका हिसाबले ६५ वर्ष माथिका मानिसको संख्या एक चौथाइभन्दा बढी छ । र अपराध गर्नेमध्ये एक चौथाइ ६५ वर्ष माथिका पुगेका छन् । र टोसियो जस्तै थुप्रै बुढाबुढीहरू दोर्होयाएर कानुन तोड्ने गर्छन् ।

सन २०१६ मा दोषी सावित भएका २५०० मध्ये एक तिहाइले पाँचपटकभन्दा बढी अपराध गरेका थिए । अर्को उदाहरण केइको (परिवर्तित नाम) हुन् । सत्तरी वर्षकी सानो गाँठीकी र सफासुग्घर देखिने उनले पनि गरिबीकै कारण नकाम गरेको बताइन् । ‘म मेरा श्रीमानसँग मिल्न सकिन र सँगै बस्न सकिन । मसँग अर्को बस्ने ठाउँ पनि थिएन । त्यसैले चोरी गर्ने सोचेँ,’ उनले भनिन् ।

‘असी वर्ष पार गरेका राम्ररी हिँड्न नसक्ने महिलाहरू पनि अपराध गर्न थालेका छन् । त्यो किनभने उनीहरूसँग खाना र पैसा छैन ।’ हामीले केही महिनाअघि पूर्व चोरहरू राखिने गृहमा उनीसँग कुराकानी गरेका थियौँ । अहिले फेरि उनी पसलबाट सामान चोरी गरेको आरोपमा जेल सजाय भोगिरहेको मलाई खबर आएको छ । चोरी, खासगरी पसलबाट गरिने चोरी, बुढाबुढीहरूले गर्ने सबभन्दा ठूलो अपराध बन्दै गएको छ । उनीहरूले खासगरी तीन हजार नेपाली रूपैयाँ जति पर्ने खाना आफू गइरहने पसलबाट चोरेको पाइएको छ ।

अस्ट्रेलियामा जन्मेर टोक्योमा रहेको अनुसन्धान केन्द्र कस्टम प्रोडक्ट रिसर्च ग्रुपसँग आवद्ध जनसंख्याविद माइकल न्यूमन भन्छन्, ‘जापान सरकारले दिने ‘न्यूनतम’ पेन्सनले बाँच्न निकै गाह्रो छ ।

सन २०१६ मा उनले प्रकाशित गरेको एउटा अनुसन्धानात्मक लेखमा उनले घरभाडा, खानेकुरा स्वास्थ्य सुविधा लिँदा मात्रै पनि मान्छेलाई यदि उनीहरूको अन्य आम्दानी छैन भने ऋण लाग्ने हिसाब गरेका छन् । त्यसमा लुगा र घर न्यानो पार्ने हिटरको हिसाब जोडिएको छैन ।

पहिले पहिले छोराछोरीले आफ्ना बाबुआमालाई हेरचाह गर्ने गर्थे । तर, आर्थिक अवसरहरू नभएका प्रान्तहरूमा कैयौं युवाहरू बाबुआमालाई आफैँ निर्वाह गर्न छोडेर अन्यत्रै जना थालेका छन् ।

‘पेन्सन लिइरहेकाहरू आफ्ना छोराछोरीमाथि बोझ बन्न चाहन्नन् । त्यसैले राज्यले दिने पेन्सनमा बाँच्न नसकेपछि जेल जानु बाहेक अरु उपाय रहेन,’ उनी भन्छन् । उनी भन्छन्, ‘चोरी गरेपछि ‘जेल फर्किन पाइन्छ’ जहाँ दिनमा तीनपटक खाना खान पाइन्छ र कुनै बिल तिर्न पर्दैन ।

‘विथ हिरोसिमा’ केन्द्र जहाँ मैले टोसियो टकाटालाई भेटेँ, त्यसका निर्देशक पनि जापानी परिवारमा आएको परिवर्तनले वृद्धहरूको अपराध बढ्नमा मद्दत पु¥याएको ठान्छन् । उनी आर्थिक भन्दा मानसिक कुरामा बढ्ता जोड दिन्छन् ।

‘मानिसहरूका बीचको सम्बन्ध परिवर्तन भएको छ । मानिसहरू एक्लिएका छन् । उनीहरूले समाजमा कुनै स्थान देख्दैनन् । उनीहरू आफ्नो एकान्तपनसँग जुझ्न सक्दैनन्,’ हिरोसिमामा आणविक बम हानिएपछि भत्केको घरको थुप्रोबाट निकालिएका ८५ वर्षीय कानीची यामादा भन्छन् ।

‘केही वृद्धवृद्धा आफ्नो जीवनको मध्यतिर आइलाग्ने विभिन्न दुर्घटनाका कारण पनि यस्ता अपराधतिर लाग्छन् । अधबवंशे उमेरमा उनीहरू श्रीमति वा बच्चा गुमाउँछन् र त्यो परिस्थितिसँग जुझ्न सक्दैनन । आफूलाई साथ दिने या हेरचाह गर्ने व्यक्ति भएकाहरूले धेरैजसो यस्ता अपराध गर्दैनन् ।’ कानिचि यामादाको विचार छ, ‘टोसियोले भनेको जस्तो गरिबीका कारण अपराध गर्न उद्यत भन्ने कुरा त ‘बहाना’ मात्र हो ।’

समस्याको चुरो त एकान्तपन हो । अपराध दोहो¥याइरहन उनलाई जेलमा मिल्ने साथीभाइको साथले पनि प्रेरित गरेको हुन सक्छ । टोसियो यो संसारमा एक्लै छन् भन्ने कुरा साँचो हो । उनका बाबुआमाको मृत्यु भइसकेको छ । उनका दाजुहरूसँग उनको कुनै सम्पर्क छैन किनभने उनले फोन गर्दा पनि उनीहरू उठाउन्नन् । उनका दुई पूर्व पत्नीहरूसँग सम्बन्ध विच्छेद भइसकेको छ र तीन बच्चाहरूसँग पनि कुनै सम्पर्क छैन ।

परिवार र श्रीमती भएमा उनको अवस्था अर्कै हुन्थ्यो कि भन्ने मेरो प्रश्नमा उनले भने हुन्थ्यो । उनी भन्छन, ‘मेरा वरिपरि उनीहरू हुँदा हुन् त म त्यसो गर्दिनथेँ ।’

माइकल न्यूम्यानले जापानको सरकारले उसको कारागारको क्षमता बढाएको हेरेका छन् । र जेलमा महिला गार्डको संख्या थपेको पनि देखेका छन् । (महिला अपराधकर्मीको संख्या पनि बढ्दो छ । र जेलमा रहेका मानिसको स्वास्थ्य सम्बन्धी खर्च बढेको उनी औंल्याउँछन् । र त्यहाँ अर्को परिवर्तन मैले देखेको छु । टोक्योबाहिर फुचुमा रहेको एक कारागारका कैदीमध्ये एकतिहाइ ६० वर्ष माथिका छन् । जापानी जेलहरूभित्र मार्चपास गर्छन् र चर्को आवाजमा नारा लगाउँछन् । तर, सैन्य ड्रिल कार्यान्वयन गर्न निकै मुस्किल हुँदै गएको छ । मैले पछाडितिर केही कपाल फुलेका बूढाबूढीहरू मार्चपास गर्न नसकिरहेको देखेको छु । एकजना त वैशाखीमा छन् ।

जेलका शिक्षा विभागका प्रमुख मासात्सुगू याजाको भनाइ छ, ‘हामीले यता उता हातले समात्न मिल्ने डन्डीहरू र विशेष शौचालयको व्यवस्था गरेका छौँ । र बुढाबुढीका लागि विशेष कक्षाको व्यवस्था पनि गरेका छौँ ।’

उनले त्यस्तै एउटा कक्षामा मलाई लगे । त्यहाँ एउटा लोकप्रिय गीत गाइयो, जन्मको कारण र जीवनको अर्थ भनियो । कैदीहरूलाई सँगसँगै गाउन लगाइयो । कोही निकै भावुक भइरहेका थिए । याजावा भन्छन, ‘वास्तविक जीवन र खुसी जेल बाहिर रहेको देखाउन गीत गाउँछौं’ ‘तर उनीहरू कैयौं जेल भित्रै जीवन राम्रो छ भन्ठान्छन् र कति जना फेरि फर्केर आउँछन् ।’

माइकल न्युम्यान तर्क गर्छन, ‘अदालतको प्रक्रिया र जेलको खर्च गणना गर्ने हो भने त उनीहरूलाई बाहिरै पाल्नु धेरै राम्रो र धेरै सस्तो पनि पर्नेछ ।

‘हामीले एउटा नमुना गाउँको कुरा गरेका थियौँ । एउटा अवकाशप्राप्त मानिसहरू बस्ने गाउँ बनाउन सकिन्छ । त्यहाँ उनीहरूले आफ्नो पेन्सनको आधा पैसा हाल्नेछन् जसबापत उनीहरूले सित्तैँमा खाना, बस्ने ठाउँ र स्वास्थ्य सुविधा पाउनेछन, गीत गाउन पाउनेछन् वा खेल खेल्न पाउनेछन् । उनीहरूलाई केही स्वतन्त्रता पनि मिल्नेछ । त्यसको खर्च अहिले सरकारले अपराधीका लागि गर्ने खर्चको तुलनामा कम हुनेछ ।’ उनी भन्छन् ।

तर उनको सुझाव छ, ‘जापानी अदालतले साना साना चोरीलाई दिने सजाय घटाउनुपर्छ, अपराधको तुलनामा सजायको मात्रा अनौठो छ ।’ ‘दुई सय जापानीज येन बराबरको स्यान्डविच चोर्दा दुई वर्षको सजाय दिइने र त्यसका लागि ८४ लाख येन बराबरको खर्च हुने गरेको छ,’ उनले २०१६ को रिपोर्टमा लेखेका छन् ।

यो अनुमान गरिएको उदाहरण मात्र हुन सक्छ, तर मैले एकजना वृद्ध कैदी भेटेँ जसको अनुभव त्यस्तै थियो। उनलाई २.५ पाउन्ड बराबरको मरिचको बोत्तल चोरेको अभियोगमा दुई वर्षको जेल सजाय दिइएको थियो । जापानमा रहेका तीन हजार जति खुद्रा पसलमा सुरक्षा दिने गरेका मोरियो मोचिजुकीका अनुसार पसलमा चोरी गर्नेहरूप्रति जापानको अदालत झन् कडा रूपमा प्रस्तुत हुँदै आएको छ ।

‘यदि उनीहरूले एक टुक्रा पाउरोटी मात्र चोरे भने, जापानको जेल सेवाका मासायुकी शो भन्छन्, ‘सुनुवाइका वेला उनीहरूलाई पाठ सिकाउन जेल पठाउनैपर्छ र उनीहरूले समाजमा अपराध नगरिकन कसरी बाँच्ने भन्ने सिक्नैपर्छ भन्ने निर्णय गरिएको हुन्छ ।’

जापानको जेल निकायले टोसियो टकाटालाई पाठ सिकायो कि सिकाएन मलाई थाहा भएन तर टोसियो टकाटासँग अर्को अपराधको योजना छ कि भनेर सोध्दा उनले छैन भने । उनले भने, ‘म फेरि अपराध गर्न चाहन्न । म छिट्टै ७० वर्षको हुनेछु । म बुढो र अशक्त हुनेछु । म त्यस्तो काम फेरि फेरि गर्ने छैन । (बिबिसीबाट)

प्रतिक्रिया