भारतमा रेल दुर्घटना, ६ को मृत्यु

काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । आइतबार बिहान जोगबनीबाट आनन्द बिहार जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा रेलका नौ डिब्बा लिकबाट उछुट्टिएका छन् । पूर्वमध्य रेलवेका एक अधिकारी राजेश कुमारले दुर्घटनामा ६ जनाको मृत्यु भएको र धेरै यात्रु घाइते भएको जानकारी दिएका छन् । धेरै यात्रुहरु डिब्बामा फसेका छन् । उनीहरुको उद्धारकार्य जारी छ ।

घटनास्थलमा सुरक्षाकर्मी, उद्धारकर्मी र स्वास्थ्यकर्मीको टोली खटिएको छ । साथै रेलवेका उच्च अधिकारीहरु पनि घटनास्थल पुगेका छन् । रेल दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रिया