दिनेश र गीताको ‘लौन गाँठे’ सार्वजनिक

काठमाडौं । दिनेश भण्डारी र गीता अधिकारीको संयुक्त आवाजमा रहेको लोकदोहोरी गीतिएल्बम ‘लौन गाँठे’ सार्वजनिक भएको छ । मिलन फिल्मस प्रोडोक्सन प्रालिको प्रस्तुति रहेको उक्त गीतमा गायक भण्डारीकै शब्द सृजना रहेको छ भने महेस नेपालद्वारा संगीत भरिएको छ ।

सोही गीतको भिडियोमा मिलन श्रेष्ठले निर्देशन गरेका छन् भने मरुभूमिनारायणको छायांकन रहनुका साथै रोशन धितालले सम्पादन गरेका छन् । मञ्जु ढुंगाना र काजी अछामीले सोही भिडियोमा अभिनय गरेका छन् । मिलन फिल्मस प्रोडक्सनको युट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको छ । गीतले दर्शक श्रोताको माया पाउनेमा आपूm विश्वसनीय भएको गायक भण्डारीले दाबी गरे ।

प्रतिक्रिया