किसानलाई सुन्तलाको जुस बनाउन सिकाइँदै

वालिङ । स्याङजा सुन्तलाको उर्बर भूमि हो । सुन्तलाको पहेँला बोट हरियोमा परिणत हुन थालेका छन् ।

व्यापारीले पोखरा , काठमाण्डौ , बुटवल , नारायणगढका ठेला गाडी देखि सब्जी फलफुल पसल सम्म स्याङजाको सुन्तला भन्दै बेच्ने सिजन यस बर्षको लागि अन्तिम भएको छ । तर व्यवपारीले बोटबाट टिप्ने सुन्तला रोजेर ग्रेड छुट्टाउने गर्दथे । ए , बि र सि ग्रेडको सुन्तला बजार जाने गर्दथ्यो भने डि ग्रेडको सुन्तला अलपत्र पर्दथे , कोही बोटमै छाडिन्थ्यो त कोही झरेर कुहिने गर्दथ्यो ।

प्रधानमन्त्री कृषी आधुनिकीकरण सुन्तला सुपर जोनको रूपमा रहेको स्याङजामा यस बर्ष पनि बिभिन्न जिल्लाबाट व्यापारीले सुन्तला खरिद गर्ने र देशका बिभिन्न शहरमा सुन्तला बेचे । तर कृषकहरूले उत्पादन गरेको सुन्तला बगानमा कुहिएर जाने , साना दाना भएका सुन्तला व्यापारीले नलाने जस्ता समस्या भोग्दै आएका कृषकले अब राहत पाउने भएका छन् ।

स्याङजा स्थित पुतलीबजार नगरपालिका शंखपुरकी कृषक बिष्णु माझी बोटे कम्मर कसेर मज्जाले साना दानालाई चक्कुले छिल्दै थिईन् । मुहार हँसिलो थियो । उनले त्यो दाना मेशीनमा हालीन् । मेशीनको एक मुखबाट रातो रस तप्पतप्प चुहीरहेको थियो । माझी जस्तै २७ जना सुन्तला कृषकले त्यही रस निकाल्ने अर्थात सुन्तलाको जुस बनाउने तालिममा सहाभागी थिए ।

प्रधानमन्त्रि कृषी आधुनिकीकरण सुन्तला सुपर जोनको कार्यक्रम अन्तर्गत जिल्लाका २ ठाउँमा तालिम गराईएको छ । यस तालिमबाट फालिने , कुहीने र झर्ने सुन्तलालाई प्रयोग गर्न सकिने भएकाले तालिममा सहभागी महिलाहरू निकै हर्षित थिए । भुईमा खसेर खेर जाने सुन्तलाको व्यवसायीक प्रयोग गर्ने सिप पाएपछी समुहमा नै उद्योग खोल्ने तालिममा सहभागी महिलाहरूले बताए ।

माझी भन्छिन् ,‘ मैले सुन्तला सानो भयो भनेर अब हेला गर्दिन , व्यवसायीक बन्न सकिदोँरहेछ भन्ने राम्रोसँग यो तालिम पाएपछी बुझेँ ।’ उनी जुसको उद्योग नै खोल्न सकीनेमा बिश्वस्त छिन् । महिलाहरूले पनि सिप र हौसला पाए केही गर्न सक्छन् भन्ने प्रेरणा पाएको सहभागीले बताए ।

माझीजस्तै अन्य तालिममा सहभागी महिलाहरूले आँफैले बनाएको जुस खाएपछी यसको व्यवसायीक उद्योग खोल्न आकर्षीत भएका हुन् । आँफैले बनाएको जुसको स्वाद बजारमा पाईन सिसा र पलास्टिकका बोत्तलमा आउने अन्य महँगा जुस भन्दा फरक थिएन ।

बजारका महँगा , रसायन युक्त जुस सेवन गरेर अस्वस्थ बन्न भन्दा स्वस्थ्कर लाभदायक र आफ्नै उत्पादन सेवन गर्न सके आर्थीक स्थिती मात्र होइन रोजगारीको समस्या निराकरण गर्न सकिने तालिममा सहभागी माया तिबारीले बताईन् । उनले भनिन् , ‘बेरोजारी युवा अब बिदेश होईन पसिना स्वदेशमा बगाउन जरुरी छ । उद्योग कल कारखाना यही खोल्न सकिन्छ । ’

सुन्तला सुपर जोनले समुहमा उद्योग खोल्ने कृषकहरूलाई आबाश्यक प्रबिधी र प्राबिधीक अनुदानमा उपलब्ध गराउने बताएको छ । सुपर जोनले कृषकहरूलाई बजारमा एकरूपता ल्याउन एकद्धार प्रणाली लागु गर्ने , प्राबिधीक तालिम दिने, निलो तुथो, नर्सरीको बेर्ना अनुदान, हाते ट्रयाक्टर, सुधारीएको भकारो जस्ता कार्यक्रम लागु गर्दै आएको छ ।

प्रतिक्रिया