संसद बैठकमा आजपनि कांग्रेसद्वारा अवरुद्ध

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसद्वारा आज बसेको संसद बैठक पनि अवरुद्ध गरिएको छ । आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अपस्ताललाई खारेज गर्न खोजेको भन्दै कांग्रेसले आज पनि संसद बैठक अवरुद्ध गरेको हो ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले सचेतक पुष्पा भुसाललाई समय दिएका थिए । सचेतक भुसालले सरकारको निर्णय सच्याउनु पर्ने बताईन् । दुई तिहाईको बलमा संसद चलाउन नसक्ने भन्दै उनले डाक्टर गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने बताईन् । सचेतक भुसाल बोले लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।

प्रतिक्रिया