नेकपा अध्यक्ष दाहाल अस्वस्थ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् । चिकित्सकको सल्लाहबमोजिम उनि आफ्नै निवासमा आराम गरिरहेका छन् । उनको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

चिकित्सकले उनलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेका छन् । त्यस्तै अध्यक्ष दाहालकी बुहारी तथा खानेपानीमन्त्री बीना मगर पनि अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् ।

भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि मन्त्री मगरसोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएको उनका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिए । मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

प्रतिक्रिया