राष्ट्रियसभा बैठक कांग्रेसद्वारा अवरुद्ध

काठमाडौं । नेपाली कांग्रेसले अज बसेको राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ । स्वर्गीय पुर्व सभापति गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको बिरोध जनाउँदै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गराउँन लाग्दा कांग्रेस सांसदहरुले अस्वीकार गरे । कांग्रेसले अवरुद्ध पारेको बैठक आधा घण्टाका लागि स्थगित गरिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बताए ।

प्रतिक्रिया