महिला सहयात्रा फाइनान्सले वितरण गर्ने

काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाको केन्द्रीय कार्यालय मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा सम्पन्न सभाले संस्थाका अध्यक्ष भाइराजा तुलाधरले आव ०७४-७५ को वार्षिक प्रतिवेदन पारित गरेको छ । राष्ट्रियस्तरको कार्य क्षेत्र र १२ करोेड १० लाख चुक्ता पूँजी रहेको सो वित्तीय संस्थाले आव ०७४-७५ को नाफाबाट सेयर धनीहरूलाई करसहित नगद लाभांश वितरण गर्ने गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी, आर्थिक वर्ष ०७४-७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान पारित गर्नुका साथै आव ०७५-७६ को लागि बाह्य लेखा परीक्षकमा रञ्जित एन्ड एसोसियट्स चार्टड एकाउन्टेन्ट्स नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ ।

सम्पन्न साधारण सभाले कम्पनीको नाम संशोधन गरी महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. नामाकरण गर्ने भएका प्रस्ताव पारित गरेको प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया