कलाकर्मी व्यापारीको घेरामा परेका छन्

     श्यामसुन्दर यादव

श्यामसुन्दर यादव–४०, मिथिला कलाको विकास, संरक्षण र प्रवद्र्धनमा लागेका कलाकार हुन् । ललितकला क्याम्पसबाट चित्रकला विषय अध्ययन गरेका यादव साढे दुई दशकदेखि यस क्षेत्रमा क्रियाशील छन् । पाँच पटक देश तथा विदेशमा एकल प्रदर्शनी गरिसकेका उनले ठमेल चासीबारीस्थित मिथिला येँ आर्ट ग्यालरी सञ्चालन गर्दै आएका छन् ।

विशेष गरी मिथिला कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउन उनले प्रयास गरिरहेका छन् । मिथिला कलाका विम्बलाई आधुनिक तथा समसामयिक सन्दर्भमा जोडेर कला रचना गर्दै आएका यादवले नेपाली कलाको विकासका लागि राज्यले ठोस रुपमा ललितकला नीति ल्याउनुपर्ने बताउँछन् । मिथिला कलाका बारेमा सौर्य दैनिकले कलाकार यादवसँग गरेको संक्षिप्त कुराकानी :

मिथिला कलाको पछिल्लो अवस्थाबारे बताइदिनुस न ?
० मिथिला कलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रो पहुँच बनाउन सकेको छ । पहिले यो गाउँ समाजमा सामाजिक तथा सांस्कृतिक रूपमा मात्रै सीमित थियो । बिस्तारै यसको मौलिकता मिथिला क्षेत्रबाट बाहिर निस्कँदै गयो । नेपालमा मात्र नभई यसको मौलिकपनको विदेशमा समेत चर्चा परिचर्चा हुन थाल्यो ।

घरका भित्ता, आँगन, संस्कार, संस्कृति, धर्म तथा चुलोचौकामा बनाइने यो कलाले बजारमा आफ्नो पहुँच बनाउन सक्यो । अहिले त मिथिला कलाको बजारमा त्रै होइन यसको सांस्कृतिक, धार्मिक तथा प्राकृतिक महत्वलाई जोडेर कलाकृति बनाउने र तिनको राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भइरहेको छ । मिथिला कलाको नियमित प्रदर्शनी तथा विचारगोष्ठी, पुस्तक प्रकाशन तथा खोज अनुसन्धान हुन थालेको छ । त्यस्तै, बजारको आवश्यकतासँगै सामाजिक, राजनीतिक र मानवीय संवेदनासँग जोडेर कला बनाउन थालिएको छ ।

मिथिला कलाका बारेमा तपाईंले खुबै गतिविधि गरिरहनुभएको छ नि ?
० नेपाली कलाको विकासलाई केन्द्रमा राखेर हामीले विविध गतिविधि गरिरहेका छौँ । म आपूm पनि निरन्तर २५ वर्षदेखि यसै क्षेत्रमा लागिरहेको छु । यसै अनुरुप हाम्रो मिथिला कला मात्र हैन नेपाली कलालाई संसारभरी पु¥याउने गरी विविध कार्यक्रम, कार्यशाला, गोष्ठी, प्रदर्शनी लगायतका गतिविधि गरिरहेका छौं ।

यसको मौलिक तथा सांस्कृतिक पक्षबारे बताइदिनुस् न ।
० मिथिला कला धर्म, समाज, संस्कृतिमा समर्पित कलाको रुपमा परिचित छ । यस कलाबाट हाम्रो कुनै पनि चाडवाड, संस्कृति छुट्टिएर रहन सक्दैन । मिथिलाको सांस्कृतिक धरोहर नै मिथिला कला हो । मिथिला समाजका हरेक गतिविधिमा कलाको विशिष्ट महत्व रहँदै आएको छ । यसको मौलिक शैली र त्यसको प्रस्तुतिले मिथिलाञ्चललाई रंग्याएको छ ।

मिथिला कलाको अन्तर्राष्ट्रिय बजार खुबै राम्रो छ नि ?
यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार राम्रो बन्दै गइरहेको छ । यसप्रति कलापारखीको रुचि पनि बढ्दै गइरहेको छ । तर, कलाकारले भने राम्रो आम्दानी गर्न सकेका छैनन । कलाकर्मीहरु व्यापारीको घेरामा परेका छन् ।

यसको विकासका लागि के गर्नुपर्ला ?
यस कलाको विकासका लागि सबैभन्दा पहिला यसको राज्यले संरक्षण गर्न पहल गर्नुपर्छ । यसको ऐतिहासिक तथा सामाजिक पक्षको खोज अनुसन्धान गर्नुपर्दछ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै बजार विस्तार तथा संरक्षणका लागि सम्बन्धित सबै पक्षले नीतिगत पहल लिनुपर्दछ ।
अहिलेसम्म मिथिला कलाको कुनै पनि संग्रहालय बनेको छैन । त्यतातिर राज्यले ध्यान दिनुपर्छ । राज्यले मिथिला कलाको अध्ययन अध्यापन गराउने वातावरण निर्माण गर्नुपर्दछ । बजार विस्तार गरी आयस्रोत बढाउनसमेत राज्यले काम गर्नुपर्दछ ।

पछिल्लो समय यसको ऐतिहासिक पक्षलाई आधुनिक कलाकारले कसरी चित्रण गरेको पाइन्छ ?
अहिलेका समसामयिक कलाकारले यसमा भएका विम्ब, विषय तथा डेकोरेटिभ पार्ट आदिलाई आफ्ना भावनासँग जोडेर कलाकृति सिर्जना गरेको पाइन्छ । जसले कलाकारमा आप्mनैपन निकाल्न निकै मद्दतसमेत गरेको छ ।

प्रतिक्रिया