यात्रु बोक्ने मोटरसाइकल नरोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्य नरोक्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन् । दुईपांग्रे सवारी साधनले भाडा लिएर यात्रुहरु बोक्न नपाउने भन्दै यातायात व्यवस्था विभागका अधिकारीहरुले आपत्ति जनाएपछि प्रधानमन्त्री ओलीले यो कार्यमा अवरोध नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय योजना आयोगको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र गृहमन्त्री रामबहादुर थापा बादललाई उक्त निर्देशन दिएका हुन् ।

प्रतिक्रिया