काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘प्रदेश लोकसेवा आयोग आधार र मापदण्ड निर्धारण विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले सो प्रस्ताव पेश गरेका थिए । यसैगरी अर्थमन्त्री खतिवडाले ‘नागरिक लगानी कोष दोस्रो संशोधन विधेयक, २०७५’ सभासमक्ष पेश गरेका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका तर्फबाट अर्थमन्त्री खतिवडाले विज्ञापन नियमन गर्ने विधेयक २०७५ लाई सभासमक्ष पेश गरेका थिए । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई सभासमक्ष पेश गरिन् ।
प्रतिक्रिया