दुर्गम गाउमा निशुल्क स्वास्थ्य शिविर

बासुदेब गिरी, प्युठान । उत्तरी प्युठानको नौवहिनी गाउँपालिका –४ खबाङमा निशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्लाको निकै दुर्गम स्थान भएकोले त्यस क्षेत्रका बिरामीहरुलाई उपचारमा सहजताका लागि भनेर गाउमै गएर विशेषज्ञ सहितको सेवा दिन लागेको आयोजकले जानकारी दिएको छ ।

नेपाली काङ्ग्रेस प्युठान काठमाडौ सम्पर्क समिति र नौवहिनि उधोग बाणिज्य संघ बहानेको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको नेपाली काङ्ग्रेस प्युठान काठमाडौ सम्पर्क समितिका अध्यक्ष एवं मुटुरोग बिशेषज्ञ डा।नबराज शर्मा पण्डितले जानकारी दिए ।

शिविरमा मुटुरोग दम छातिमा समस्या ,महिलाको प्रजनन स्वास्थ्य सम्बन्धि समस्या,लगायतका बिरामीहरुले उक्त स्वास्थ्य सिबिरबाट निशुल्क विशेषज्ञ सहितको सेवा प्रदान गरेको बिशेषज्ञ डा। शर्मा पण्डितले जानकारी दिएका हुन । प्युठानका दुरदराजमा रहेका नागरिकको स्वास्थ्यमा समस्या रहेको भन्दै शिबिर संञ्चालन गरेको बताएका छन ।

सिबिरबाट २ सय ५९ जनाले उपचार सेवा प्रदान गरेको आयोजकले बताएको छ । नेपाली काग्रेसका नेता डा. गोविन्द्रराज पोखे्रेलको नेतृत्वमा करिब ६ लाख बराबरको औषधी खरिद गरि निशुल्क बिरामीलाई बितरण गरिएको सहयोगी निकाय स्वास्थ्य कर्मि संघ प्युठानका अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए ।

सो शिबिरमा डा नबराज शर्मा पण्डित ,डा लेखराज सुबेदी,डा आलोक झा , डा मिरा कक्षपति, डा शुभास पौड्याल लगाएतको स्वास्थ्यकर्मीहरुको टिमले स्वास्थ्य सेवा प्रदान गरेको थियो । उक्त शिविर जिल्लाका अन्य दुर्गम वडामा पनि सञ्चालन गरिने नेपाली काग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए ।

प्रतिक्रिया