टोखाको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । टोखा नगरपालिकाले ४ वटा वडामा ज्येष्ठ नागरिकका लागि एकदिने स्वास्थ्य घुम्ती शिविर कार्यक्रम गरेको छ । ज्येष्ठ नागरिकलाई गाँउघरमा नै पुगेर सेवा दिने उद्देश्यले नगरपालिकाले ४ वटा वडामा शिविर आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा यौनरोग र फंगल संक्रमितको संख्या बढी नै भेटिएपछि नगरपालिकाले विरामीलाई अस्पताल रिफर गरेको छ । यसैगरी शिविरमा आएका ज्येष्ठ नागरिकमध्ये अधिकाशंमा ग्यास्ट्रिक, हाडजोर्नी र दम रोगका रोगीहरू बढी पाइएको नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिइन् । शिविरमा ग्यास्ट्रिक, हाडजोर्नी र दम रोगीलाई निःशुल्क औषधि वितरण पनि गरिएको थियो ।

नगरपालिकाले आयोजना गरेको घुम्ती शिविरमा टोखाको ग्रिनसिटि अस्पतालका २ जना स्त्रीरोग विशेषज्ञ, ग्रान्डी अस्पतालका १ जना विशेषज्ञ र कान्तिपुर जेनेरल तथा डेन्टल अस्पतालका १० जना चिकित्सक सहभागी भएका थिए ।

प्रतिक्रिया