केएमसी एजुकेसन रोजगार मेला

काठमाडौं । केएमसी एजुकेसन नेटवर्कले स्नातक तह पास गरेका विद्यार्थीका लागि रोजगार मेला (जब फेयर) आयोजना गर्ने भएको छ । मेला आयोजनाका लागि हाल केएमसीमा रोजगार मेलामा सहभागी विद्यार्थीका लागि तालिम कार्यक्रम सञ्चालन भइरहेको नेटवर्कका निर्देशक किशोर गौतमले बताए ।

मेला मंसिर २१ गते विभिन्न कम्पनी, बंैकिङ क्षेत्र, गैरसरकारी संस्थाका २५ भन्दा बढी रोजगारदाताको सहभागिता हुने उनले बताए । यो मेलामा विभिन्न संकायमा स्नातक पास गरेका विद्यार्थी १ सय ३० जनाभन्दा बढी विद्यार्थीसँग रोजगारदाताले अन्तर्वार्ता गरी छनोट गर्नेछन् ।

प्रतिक्रिया