नुवाकोटमा रिलायन्स इन्स्योन्सको शाखा

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले औपचारिक रुपमा नुवाकोटमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बट्टारमा बजारमा राखिएको शाखाको नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरे ।

उक्त उद्घाटमा कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने बताए ।

कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले बीमा बजारको क्षेत्र ठूलो भएको र यो व्यापार मात्र नभई सामान्य नागरिकको सेवा समेत रहेको बताए । दुई अर्ब १० करोड चुक्ता पूँजी रहेको इन्सुरेन्सका हाल ४० शाखा स्थापना भएका छन् ।

प्रतिक्रिया