सनराइज बैंक र अपोलो हस्पिटलबीच सम्झौता

काठमाडौं । सनराइज बैंकले ग्राहकहरूलाई उच्चस्तरीय सुविधा दिने उद्देश्यले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार अब सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिट कार्ड ग्राहकले यस हस्पिटलका विभिन्न सेवा सुविधाहरूमा अधिकतम १० प्रतिशतसम्म छुट पाउनेछन् । सो सम्बन्धि सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र हस्पिटलका तर्फबाट प्रमुख अन्तर्राष्ट्रिय बजार प्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार सनराइज बैंकका ग्राहकले साधारण परीक्षणदेखि भर्ना खर्च सम्ममा १० प्रतिशतसम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरूको समन्वय, विमानस्थलमा ल्याउने–पु¥याउनेलगायत अन्य सेवा तथा सुविधाहरूमा विशेष छुट प्राप्त पाउनेछन् । इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित हस्पिटल हो जसले विभिन्न १ सय ४० देशका ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया