रानीतलाऊ सञ्चालनमा

बाँके । नेपालगञ्जको रानी तलाउ बोटिङ बिहार पुनः निर्माण भएपछि नेपालगञ्जवासी खुसीले हर्षित भएका छन् ।

विगत २१ वर्षदेखि जीर्ण अवस्थामा रहेको नेपालगञ्जको पर्यटकीय रानीताललाई स्थानीय सरकारले संरक्षण गरेर सञ्चालनमा ल्याए पछि नगरवासी तथा बालबालिकाहरू खुसी भएका छन् ।

ताल सञ्चालनमा आए लगतै देशका विभिन्न ठाउँ मात्रै नभएर भारतका पनि विभिन्न ठाउँबाट पर्यटकहरू आउन थालेका छन् । रानी तलाउमा रमाउनका लागि बालबालिकादेखि लिएर वृद्धवृद्धाहरू पनि आउने गरेको पाइन्छ ।

वर्षौंदेखि नै जीर्ण अवस्थामा रहेको रानी तलाउलाई स्थानीय सरकार आएपछि ताललाई संरक्षण गरेर पुनः सञ्चालनमा ल्याएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको अध्यक्ष र वाड नं. ८ का वडाध्यक्षको विशेष सहयोगमा रानीतलाउ बोटिङ बिहार निर्माण गरिएको वडा नं. ८ का वडासदस्य विवेक उपाध्यायले बताए ।

विशेष गरेर रानी तलाउमा शनिबारको दिन घुइँचो लाग्नने गरेका उनले बताए । घुम्ने मानिसहरू खुसी भएर फर्केपछि आपूmहरूमा गर्व महसुस भएको वडा सदस्यले बताए ।

रानी तलाउ सञ्चालनमा आएपछि नेपालगञ्जमा बस्ने बालबालिकाहरू राम्रोसँग रमाउन पाएका छन्, रानी तलाउ मात्र नभएर यो एउटा चिल्डे«न पार्कजस्तै भएको नगरवासी अञ्जना चतुर्वेदीले बताइन् ।

२१ वर्ष अगाडि सुरुआत भएको रानी तलाउ लामो समय मर्मत संभार नभएर बन्द भएको थियो तर स्थानीय सरकारले पुनः संचालनमा ल्याएपछि यहाँका बालबालिकाहरूको एउटा राम्रो गन्तव्ययुक्त रमाउने ठाउँ भएपछि धेरै नै खुसी भएको स्थानीय चतुर्वेदीको भनाइ छ ।

रानी तलाउलाई सुधार गरेर सञ्चालनमा आएकाले अझ रमणीय ठाउँ भएको स्थानीय मेनुका रावतले बताइन् । सबैले रानी तलाउको बारेका चर्चा गर्न थालेपछि आफू पनि घुम्न आएको बताइन् । रानी तलाउलाई नेपालगञ्ज नगरको रमणीय ठाउँ पनि भन्न सकिन्छ ।

पहिले पनि यो तलाउ अति नै रमणीय ठाउँ थियो तर केही कारणबस यसलाई संरक्षण नभएर जीर्ण अवस्थामा पुगेको थियो । तर, स्थानीय सरकारको राम्रो कामले नै नेपालगञ्जवासीले रमाउने ठाउँ भएकोले धेरै नै खुसी भएको स्थानीय रावतले बताइन् ।

रानी तलाउ बोटिङ बिहारमा ६ वटा प्लास्टिकका बोट छन् । त्यस्तै बालबालिकाले खेल्ने सामग्रीहरू समेत निर्माण गरी सञ्चालनमा आएकाले बालबालिकाहरू अत्यन्तै रमाएका छन् ।

रानी तलाउ बोटिङ बिहार समितिले रानी तलाउमा प्रवेश शुल्क प्रतिव्यक्ति पाँच रुपैयाँ र बोटिङ गर्नका लागि २५ रुपैयाँ टिकटको मूल्य निर्धारण गरेको छ । रानी तलाउमा स्कुलका बालबालिकाहरू धेरै घुम्न तथा रमाउन आउने गरेको पाइन्छ ।

प्रतिक्रिया