नेपाल टिम च्याम्पियन

काठमाडौं । नेपाल १६औँ डब्लुकेआई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा टिम च्याम्पियन बन्न सफल भएको छ ।नेपालले ६३ स्वर्ण हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो । दोश्रो भएको भारतले १५ स्वर्ण हात पा¥यो । यस्तै बंगलादेशले ५ स्वर्ण सहित तेश्रो स्थान बनायो भने चौथो स्थानमा रहेको श्रीलंकाले २ स्वर्ण प्राप्त गर्यो ।

अन्तर्राष्ट्रिय वादो महासंघ र अल नेपाल वादोकाई कराते संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बेस्ट फाइटरमा पुरुष तर्फ श्रीलंकाका धनुष्का प्रदीप र महिला तर्फ नेपालकी दिव्या गौतम घोषित भए । यस्तै उदियमान खेलाडीमा पुरुष तर्फ बंगलादेशका मोहम्मद नुर हुसेन र महिला तर्फ भारतकी शान्ति सिकोम उत्कृष्ट भए ।

बिजयी खेलाडी तथा टिमलाई पूर्व रक्षा मन्त्री तथा माननीय संघीय सांसद भिमसेन दास प्रधानले पुरस्कार वितरण गरेका थिए । च्यामिपयनसिपमा नेपालका २ सय, भारतका ४८, बंगलादेशका १७ र श्रीलंकाका ९ खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया