हातेमालो गर्दै हिंसाप्रभावित महिला

दाङ । घोराही–१८ की सरस्वती खत्री, घोराही–९ की डिला चौधरी, तुलसीपुरकी दीपा बस्नेत, देउखुरीकी पिंकी सिंहलगायतका महिला अहिले एकै ठाउँमा बस्छन् । आफ्ना आफन्त, घरपरिवारबाट अपहेलना, दुव्र्यवहार, यातना सहन नसेकेर घरबाट निस्कन बाध्य उनीहरू अहिले एकैथलोमा बसेर सामूहिक व्यवसाय गरिरहेका छन् ।

नेपाल महिला सामुदायिक केन्द्रकी विमला योगीले दिएको चार कठ्ठा जग्गा र सानो घरमा उनीहरूको गुजारा चलिरहेको छ । उनीहरूले त्यहाँ बस्ने र खाने मात्रै गर्दैनन, सामूहिक रूपमा कुखुरापालन, बाख्रापालन र च्याउखेती गरिरहेका छन् । त्यहीबाट हुने आम्दानी उनीहरूको रोजीरोटीको माध्यम बनेको छ ।

उनीहरू त्यसरी सामूहिक रूपमा बस्न थालेको करिब ६ वर्ष नाघिसक्यो । हिंसा प्रभावितको क्षेत्रमा काम गर्ने संघसंस्था होस् वा सरकारी सेवा केन्द्रमा, लामो समयसम्म बस्न नपाउने व्यवस्था भएपछि उनीहरू सामूहिक रूपमा बसेर व्यवसाय गर्न थालेको हुन । पूर्व हिंसापीडित महिला रचना सुवेदीको पहलमा यो सम्भव भएको हो । उनले नै हिंसापीडित महिलालाई यसरी एकीकृत गरेकी हुन् । अहिले उनीहरूले त्यसलाई ‘सक्षम महिला सामुदायिक संस्था’ भन्ने नामसमेत दिएका छन् ।

जहाँ हिंसापीडित महिलाले व्यवसायसँगै सिलाइ सिकाइ, हाते बुनाइ पनि सिकिरहेका संस्थाकी प्रमुख सुवेदीले बताइन् । ‘अघिको जीवन जे जस्तो भए पनि पछिको जीवन राम्रो हुन्छ कि भन्ने कल्पना गरेर सुरुआत गरेका हाैँ ।’ उनले भनिन्, ‘हामीसँग पैसा छैन, ऋण गरेर काम थालेका छाैँ, सफलता असफलता समयले बताउनेछ ।’ अहिले उनीहरूको कुखुरा फार्ममा दैनिक तीनदेखि चार क्यारेट लोकल अण्डा उत्पादन भइरहेका र एउटा कोठाभरि च्याउ उत्पादन भइरहको छ । यसैगरी, १५ स्थानीय जातका बाख्रा पनि उनीहरूले पालेका छन् ।

०६९ मा हिंसापीडित महिला एकजुट भएपछि जन्मिएको सक्षम महिला सामुदायिक संस्था अहिले थुप्रै  पीडित महिलालाई पीडा भुलाउने  बाटो बनेको छ । एकअर्काको दुःख, सुख सुनाउने  थलो  अहिले आत्मनिर्भरको बाटोतर्फ अगाडि बढेको छ । सामूहिक रूपमा काम गर्दा एक्लोपन हट्ने, संघर्ष गर्ने हिम्मत आउने, एकअर्काको सहयोगले हौसला थपिँदै गएको उनीहरू बताउँछन् ।

सात वर्षको  अन्तरालमा हिंसा प्रभावित महिला यतिवे ला सक्षम भएका छन् । अहिले हाते  हो जियारी मे सिनबाट कपडा बुन्ने  उद्यो ग सञ्चालन गरे का छन । के ही महिला कृृषिमा संलग्न छन् । के ही साना व्यवसायको  बाटो बाट आयआर्जन गरिरहेका छन् । कुनै  महिला हिंसामा परे  पुनःस्थापना गृहमा राख्ने  र उनीहरूलाई आयआर्जनका निम्ति सीप विकासका तालिम वा कृषि र पशुपालनतिर प्रे रित गर्ने  सो चले  उक्त संस्था स्थापना गरिएको अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

प्रतिक्रिया