भारतिय कलाकार आलोक नाथविरुद्ध मुद्दा
सौर्य अनलाइन
२०७५ मंसिर ६ गते १६:५८ मा प्रकाशित
मुम्बई । भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ ।
मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ ।
एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाएको समाचारमा जनाइएको छ ।
हिजो (मङ्गलबार) भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आएर आलोक नाथविरुद्ध उजुरी दिएको,” एक प्रहरी अधिकारीले भने । उनकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया