हिमालयन बैंकको मोबाइल एप

काठमाडौं । हिमालयन बैंक लिमिटेडले औपचारिक रूपमा मंसिर ४ गते बाट आफनो मोबाइल बैंकिङ एप सुरु गरेको छ । बैंकका वरिष्ठ महाप्रबन्धक इजाज कादिर गिलले उक्त मोबाइल एप को उद्घाटन गरे । ‘हेयर इज योर न्यु बैंक तथा बिग बैंक इन स्मल साइज स्लोगन’का साथ यो एप शुभारम्भ गरिको हो ।

यो एपको प्रगोगबाट ग्राहकले आफ्नो खाताबारे जानकारी लिन, चेक व्यवस्थापन गर्न आफूले उपभोग गरेको ऋणको बारेमा जानकारी लिन र हिमालयन बैँकबाट उपलब्ध हुने सेवा सुविधाको बारेमा जानकारी लिन सक्ने बैंकले जनाएको छ ।

मोबाइल एप शुभारम्भ समारोहमा बोल्दै बैंकका उप महाप्रबन्धक उज्ज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पूर्ण आधुनिक प्रविधि उपलब्ध गराउँदै जाने बताए । हिमालयन बैंकले देशभर भएका आफ्नो ५६ वटा शाखा तथा १ सय ८ वटा एटिएममार्फत ग्राहकहरूका लागि सम्पूर्ण सेवा उपलब्ध गराइरहेको र चालु वर्षमा थप ६ वटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।

हिमालयन बैंकले असोज मसान्त सम्ममा १ खर्ब २ अर्ब ४५ करोड बराबरको निक्षेप संकलन गरी ९४ खर्ब २४ करोड बराबरको कर्जा प्रवाह गरेको बैंकका आइटी डिर्पाटका धिरज श्रेष्ठले जानकारी दिए । उक्त बैंकले चालु आवको अवधि सम्ममा ६४ करोड ९६ लाख बराबरको खुद मुनाफा आर्जन गरेको समेत बताएको छ ।

प्रतिक्रिया