जिम्मेवारी प्रतिपक्ष भूमिका खेलेका छौँ- देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा मंगलबार बिहान आयोजना गरेकोे पत्रकार सम्मेलनमा उनले राजनीतिक स्थायीत्व र मुलुकको समृद्धिका लागि कांग्रेस प्रतिपक्षमा भएर पनि जिम्मेवार भूमिका खेलेको बताए । सभापति देउवाले, तोकिएको समयमा महासमितिको बैठक हुने भन्दै महासमितिको बैठकपछि कांग्रेसभित्र देखिएको सानातिना विवाद हटेर जाने दाबी गरे ।

उनले पार्टीलाई संगठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताए । उनले कांग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टिभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने बताए ।

सभापति देउवाले कोइराला परिवारका तीन वटै नेताबीचको एकताले पार्टीलाई संगठित बनाउन थप मद्दत पुग्ने बताए । कोइराला परिवारसँग आफ्नो कहिले पनि कुनै किसिमको विवाद र झगडा नभएको भन्दै सभापति देउवाले तीन कोइरालाको एकताले गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी एकतामा सहयोग पुग्ने दाबी गरे ।

प्रतिक्रिया