सिकागोस्थित अस्पतालमा गोली चल्दा ४ को मृत्यु

अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले गोली चलाउँदा ४ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र गोली चलाउने व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

नाम नखुलेका आक्रमणकारीले ३ जनाको हत्यापछि आफैंलाई गोली हानेको सिकागोका मेयर रहम इमानुयलले पुष्टि गरेका छन् ।

मारिएका महिलामध्ये एक जनासँग गोली चलाउने व्यक्तिको सम्बन्ध रहेको बताइएको छ । तर गोली चलाउने व्यक्तिले ३ जनाको हत्यापछि आफैंलाई किन गोली हाने भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया