नेत्रबहादुरले जिते आइएमईको एकलाख

काठमाडौं । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमाबिस लाख’ योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्रबहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित भए । सेवाग्राही मल्लले नगद एक लाख प्राप्त गरे ।

असोज ७ गतेदेखि शुरु भई मङ्सिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्कीड्र’ बाट एकजना, साप्ताहिक ‘लक्कीड्र’बाट पाँचजना र दैनिक ‘लक्कीड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भइसकेका छन ।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्नेछन् । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आइएमईको सफ्टवेयर पद्वतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई १ लाख रुपैयाँ नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

प्रतिक्रिया