भारतमा भन्दा नेपालमा सुलभ छ क्यान्सरको उपचार

हरेक दिन क्यान्सर रोगीको संख्या बढ्दै छ । विज्ञान र प्रविधि बढदै जाँदा रोगीको संख्या बढेदै छ । केही वर्ष अघिसम्म क्यान्सर लागेको मान्छे बाँच्छ भन्ने मान्छेमा विश्वास नै थिएन । तर, अहिले क्यान्सरको उपचार गराएर वर्षो बाँचेका मान्छे बगे्रल्ती भेटिन्छ । अझ केही वर्ष अघिसम्म नेपालमा क्यान्सरको उपचार हुँदैन थियो केही भारत र त्यो भन्दा सक्नेले विदेशमा उपचार गराउँथें । तर, अहिले सरकारी र निजी स्तरमा खुलेका केही अस्पतालमा उक्त रोगको उपचार हुने गरेको छ । तर त्यो पर्याप्त छैन । क्यान्सर महँगो र जटिल छ । यसै सन्दर्भमा निजी स्तरमा खुलेको क्यान्सर अस्पताल हरिसिद्धका मेडिकल डाइरेक्टर डा. विजेशराज घिमिरेसँग सौर्य दैनिकका लागि सुभानु आचार्यले गरेको संवादः

क्यान्सर रोग भनेको के हो ?
–क्यान्सर मान्छेमा लाग्ने अन्य रोगजस्तै हो । शरिरको सेल अनियन्त्रित रूपमा बढ्नु क्यानसरको विशेष लक्षण हो । अनियन्त्रित बढेको सेलमा देखिने ठल्लालाइ ट्युमरको आशंका गरिन्छ । शरिरको सेल बढी बढ्नुलाई नै । क्यान्सर भनिन्छ ।

क्यान्सर रोग लाग्नुका कारण के हो ?
–मानिसको औषत आयु बढ्नु, स्वस्थ्य खानपानमा ध्यान नदिनु, राम्रो र सफा वातावरणमा रहन नसक्नु र धुम्रपानको प्रयोगले क्यानसर रोग लाग्ने गर्छ । अहिले संसारभर क्यान्सर रोग बढदो छ । त्यसैगरी नेपालमा पनि क्यान्सर रोगले दोब्बर बढ्दो रूपमा लिएको छ । क्यान्सर रोगका कारण संसारभर बढी मानिसको मुत्यु हुने गरेको छ । मलेरिया र टयुबरकोल्सी रोगको तुलनामा क्यान्सर रोगले उग्ररूप लिएको छ । विकसित देशमा क्यान्सर रोगको बिरामी कम भेटिन्छन्् भने विकास उन्मुख देशमा क्यान्सर रोग बढी नै रहेको छ । नेपाल, इन्डिया र चाइनामा क्यान्सर रोगका बिरामी बढेका छन् । नेपालमा क्यान्सर रोगीको संख्या कतिछन्् भन्ने तथ्यांक भने छैन । तर, क्यान्सर अस्पतालमा बढेको बिरामीको चाप हेर्दा नेपालमा क्यान्सर रोग अन्य रोगभन्दा बढी भएको सहजै अनुमान लगाउन सकिन्छ ।

नेपालमा क्यान्सर रोग बढ्नुको कारण के होला ?
–नेपालमा क्यान्सर रोग बढ्नुको मुख्य कारण धुम्रपान हो यसलाई नियन्त्रण गर्नुपर्छ । अहिलेको मान्छेको शरिर बाबुबाजेको पालाको जस्तो छैन । हामी बसेको वरिवरि विभिन्न रोगको संक्रमण, विषादी युक्त खानपानको प्रयोग हुने गरेको छ । अखाद्य र मलखाद वस्तु, बढ्दो औधोगीकरण, मानिसको बढ्दो औषत आयुजस्ता कुराले नेपालमा क्यान्सर रोग बढ्दै छ ।

क्यान्सर उमेर र अवस्थामा लाग्ने रोग हो ?
–विशेष गरी क्यानसर रोग ४० वर्ष नाघेका मानिसमा लाग्ने गर्छ । बच्चा जन्मेको उमेरदेखि १६ वर्षसम्मको उमेरमा लाग्ने क्यान्सर रोगलाई चाइल्डहुड क्यान्सर भनिन्छ । १५ देखि २० र ३० देखि ४० वर्षका मानिसमा क्यान्सर रोग कम लाग्नेगर्छ । ४० वर्ष उमेर नाघेका मानिसलाई क्यान्सरले बढी आक्रमण गर्र्छ । बच्चामा क्यान्सर रोग लाग्नुको एउटा कारण भने वंशाणुगत हो । बच्चाको जिनमा खराबी हुदाँ क्यान्सरले आक्रमण गर्छ । बच्चाहरूमा विशेष गरी रक्त क्यान्सर, लिम्फोमा क्यान्सर र टाउकोको क्यान्सर हुने गरेको छ ।

नेपालमा क्यान्सर रोगको उपचार कस्तो छ ?
–हिजो आज विभिन्न किसिमको रोग निको हुने समय आइसकेको छ । एचआइभी एड्स लागेका मानिस त १८ देखि २० वर्ष बाँच्न थालेका छन् । स्टेज १ र स्टेज २ मा सुरु भएको क्यानसर रोग उपचार गर्दा छिट्टै निको हुन्छ । स्टेज ३ र स्टेज ४ को क्यान्सर नेपालमा मात्र हैन विश्वको कुनै पनि देशमा गएर उपचार गर्दा निको हँुदैन । नेपालमा नेपाल सरकार अन्तर्गत क्यान्सर रोकथामको कुनै नीति छैन ।

सरकारले नेपालमा क्यान्सर रोगका बारेमा प्रष्ट नीति ल्याउनुपर्छ । सरकारले क्यान्सर अस्पताल निर्माण, क्यान्सर रोगको चिकित्सक उत्पादन, क्यान्सर रोगको चिकित्सकलाई तालिम, क्यान्सरको रोग उपचारमा आवश्यक पर्ने उपकरण खरिद गर्ने, क्यान्सरको बिरामीलाई भ्याक्सीन लगाउने र क्यान्सर लागेका बिरामीको म्यामोग्राफी गर्ने सुविधा सरकारले दिनुपर्छ । आवश्यक नीति निर्माणको व्यवस्था गर्न नसक्दा क्यान्सरले भयाभय रूपमा लिँदै छ । क्यान्सर रोग अन्य रोग जस्तो चाँडै निको हुँदैन यसको उचारमा समय र पैसा धेरै लाग्छ ।

नेपालमा क्यान्सर रोगको उपचार कहाँ–कहाँ हुन्छ ?
–नेपालमा क्यान्सर रोगको उपचार भरतपुर क्यान्सर अस्पताल, भक्तपुर नेपाल क्यान्सर रिलिफ सोसाइटी, वीर अस्पताल, मणिपाल अस्पताल पोखरा, जाउलाखेल क्यान्सर अस्पतालमा उपचार हुने गरेको छ । यस्तै भक्तपुरको जागतिमा रेडियसन थेरापी सुरु भएको छ । त्यसै निजी अस्पतालहरू हरिसिद्धिमा क्यान्सर अस्पतालमा विगत ४ वर्षदेखि क्यान्सर रोगको उपचार हुँदै आएको छ ।

यसले सरकारी अस्पतालले दिने जत्तिकै सुविधा दिँदै आएको छ । भरतपुर अस्पतालले आइओएम आर टि गर्ने मेसिन भर्खरै जडान गरेको छ । भक्तपुरको जगातीमा सिटिआरटि गर्ने मेसिन जडान भएको छ । नेपालका हरेक जिल्लामा एआर टि, रेडियसन र सर्जरी सेवा उपलब्ध हुँदैछ । सहरी क्षेत्रका केही अस्पतालहरूमा एआर टि, रेडियसन र सर्जरी सेवा उपलब्ध भएको छ । तर, पनि ग्रामीण इलाकाका जनताले क्यान्सर रोगको उपचार सहज रूपमा पाउन सकेका छैनन् ।

तपाईंहरूको अस्पतालमा कस्तो छ अन्य सुविधा ?
–क्यान्सर अस्पताल हरिसिद्धिमा रेडियो थेरापीको आवश्यक मेसिनको व्यवस्था छ । हरसिद्धि क्यान्सर अस्पतालले क्यान्सर रोगको उपचारमा आवश्यक सबै प्रकारको सुविधा दिन थालेको छ । निजी क्षेत्रमा खोलिएको अस्पतालले सबै सुविधा दिएताको भए पनि सरकारी क्षेत्रबाट क्यानसर रोग उपचारको लागि दक्ष डाक्टर र रेडियसन मेसिनको नीति बनाउनुपर्ने माग हामीले स्वास्थ्य मन्त्रालयसँग राख्दै आएका छौँ ।

क्यान्सर रोगको उपचारमा आवश्यक प्रविधिको सुविधा हरिसिद्धिमा क्यान्सर अस्पतालले दिँदै आएको छ । किमोथेरापी, भित्री सेकाई, बाहिरी सेकाई, टाउकोदेखि खुट्टासम्म सबै किसिमको सर्जरीसमेत यस अस्पतालले दिँदै आएको छ । यस्तै, क्यान्सर पत्ता लगाउन गरिने फ्रोजन सेक्सन, इन्टरभेक्सन, रेडियोलोजी, बाइओक्सीकाु पनि सुविधा छ । यति हुँदा हुँदै पनि हामीले पेटिस्क्यान सेवा दिन सकेको छैन । पेटिस्क्यान सेवा नेपालका दुई अस्पतालमा मात्र उपलब्ध छ ।

नेपाल र विदेशमा गरिने क्यान्सर रोगको उपचार पद्धतिमा के फरक छ ?
–नेपाल र विदेशमा गरिने क्पान्सर रोगको उपचार पद्धति उस्तै हो, फरक छैन । क्यान्सरको उपचारमा नेपाल हरिसिद्धिमा क्यान्सर अस्पताले रेडियस मेसिनको सुविधा दिन थालेको ३ वर्ष भयो । विगतमा रेडियो थेरापी मेसिनको प्रयोग इन्डियाको कोबाल्टमा मात्र हुन्थ्यो । केही वर्ष अघिसम्म नेपालीहरू क्यान्सर रोगकोे उपचार गराउन भारत जान्थे ।

नेपालमा किमो थेरापी, रेडियो थेरापी र सर्जरीको सुविधा थिएन । तर अहिले सरकारले चलाएको भरतपुर क्यान्सर अस्पतालमा उक्त सुविधा पाइन्छ । उसले भारतमा क्यान्सरको उपचार गर्न जाने क्रम घटेको छ । विगतमा सर्जरी र किमो थेरापी गर्न क्यान्सरका बिरामी भारत जान पथ्र्यो । भारतको तुलनमा नेपालमा क्यान्सर रोगको उपचार सुलभ र सस्तो छ ।

हरसिद्धिले विपन्न र गरिब वर्गलाई के कस्ता सुविधा दिने गरेको छ ।
–हरसिद्धिले विपन्न र गरिव वर्गलाई सुलभ उपचार सेवा दिन (अजबचष्तथ धष्लन च्यारिटी उइन्गको स्थापना गरको छ । विपन्न र गरिव क्यान्सरका बिरामीले च्यारिटी उइन्ग मार्फत सहुलियतमा क्यान्सरको उपचार लिँदै आएका छन्् । च्यारिटी उइन्गमा भएको फन्ड अनुुसार बिरामीलाई सहुलियत दिने गरिएको छ ।

गत वर्ष हामीले च्यारिटी उइन्गमार्फत १२ जना छातिको क्यान्सर बिरामीलाई उपचार सेवा दियौ । अर्का २० जना क्यान्सरको बिरामीलाई सहुलियतमा उपचार दिने तयारी अघि बढेको छ । सरकारले क्यान्सर रोगीलाई दिने १० प्रतिशत निशुल्क श्ययाको सुविधा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिले दिने गरेको छ ।

पेटिस्क्यान भनको के हो ?
–पेटिस्क्यान भनेको क्यान्सर पत्ता लगाउने प्रविधि हो । मानिसको शरिरमा क्यान्सर छ या छैन भनी पेटिस्क्यान गरिन्छ । पेटिस्क्यान गर्दा आईसोटप इन्जेक्सनको प्रयोग बिरामीमा गरिन्छ । आइसो टप इन्जेक्सन क्यानसरको सेलमा गएर बस्छ र क्यान्सर छ भने स्क्यान गर्दा देखिन्छ । हाल पेटिस्क्यान क्यान्सर छ या छैन भनि देखाउने गतिलो माध्य पेटिसक्यान बनेको छ ।

पेटिस्क्यान प्रविधिको प्रयोगमा ८० प्रतिशत क्यान्सर भए नभएको थाहा हुन्छ । १५ देखि २० प्रतिशत क्यान्सर पेटिस्क्यान प्रविधिको प्रयोगले पनि पता लाग्दैन । औषधिले क्यान्सर रोगीलाई कति फरक पारेको छ, टयुमर सेल मरेको छ या छैन भनि पेटिस्क्यान गर्ने गरिन्छ ।

पहिलो र दोस्रो चरणमामा रहेको क्यान्सर उपचार पछि निको हुन्छ ?
–पहिलो र दोस्रो चरण रहेको विभिन्न किसिमको क्यान्सर मध्येमा कुनैमा किमो मात्र दिए हुन्छ । कुनै किसिमको क्यान्सरमा किमो थेरापी र सर्जरी दुवै गर्नुपर्छ । पहिलो र दोस्रो चरणमा क्यान्सर लागेका मानिसलाई बढी मात्रामा अपरेसन, रेडियो थेरापी र किमोग्राफी गर्नुपर्छ । कुनै मानिसलाई एक थरिको क्यान्सरको रोग लागेको हुन्छ ।

भने त्यसैगरी कुनै मानिसलाई एकै साथ दुई तिन थरिको क्यान्सरको रोग लागेको हुन्छ । क्यान्सर कुन खालको हो, कुन खालको क्यान्सरले कस्तो अंगमा असर गर्दै छ । कस्तो किसिमको उपचार बिरामीले गर्न थालेको छन्् त्यसबाट निको हुने वा नहुने कुराको पत्ता लाग्छ ।

क्यान्सर रोगको उपचारमा सरकाले दिने अनुदान पर्याप्त छ ?
–क्यान्सरको उपचार त्यति सजिलो छैन । यसमा महँगो किसिमको उपचार गर्नुपर्छ । क्यान्सर रोगमा औषधि र प्रविधिको बढी नै प्रयोग गर्नुपर्छ । भारतको तुलनामा नेपालमा ५० प्रतिशत औषधिको सहुलियत सुविधा छ । उच्च तवरमा क्यान्सरको उपचार त्यति महँगो होईन् । तर अन्य रोगको उपचारभन्दा क्यान्सरको उपचार महँगो छ ।

सरकारले क्यान्सर रोगीको उपचारको लागि १ लाखको सुविधा दिएको छ । त्यती अनुदानको सुविधा क्यान्सर रोगीको लागि प्रर्याप्त छैन । मैले स्वास्थ्य मन्त्री तथा स्वास्थ्य क्षेत्रमा संलग्न विज्ञसँग भेट्दा नेपालमा क्यान्सर उपचारको लागि बिमाको व्यवस्था हुनुपर्छ भन्ने माग गर्दै आएको छु । क्यान्सर रोग लागेको मानिसले बिमामार्फत सुलभ उपचार सेवा लिन पाउनुपर्छ । सरकारले दिने १ लाख अनुदानले किमो थेरापी गर्न पुग्दैन ।

पैसाको अभावमा गरिब तथा विपन्न मानिसले बीचैमा क्यान्सरको उपचार गर्न छाडेका धेरै उदाहरण छन् । क्यान्सर रोगमा कति रकम खर्च हुन्छ भन्ने रोगको प्रकृति हरेर थाहा हुन्छ । कुनै बिरामीको दिनमा दुई चार हजारदेखि १० हजारसम्म खर्च हुन्छ भने कुनै बिरामीको दिनमा ३० देखि ४० हजार रकम खर्च हुने गरेको छ । निजी अस्पतालमा क्यान्सरको उपचार गर्न त्यति सजिलो छैन ।

क्यान्सर रोगबाट बचाउने कुनै प्रविधि उत्पादन भएको छ ?
एक तिहाइ क्यान्सरको रोग उपचारबाट निको हुन्छ । अर्काे एक तिहाइ क्यान्सर लागेको मानिसको जिवन बचाउन सकिन्छ । क्यासर रोग लागको मानिसको जिवन ४ देखि १० वर्ष बचाउन सकिन्छ । एक तिहाइ क्यान्सर यस्तो हुन्छ । जुन अन्तिम क्षणमा मात्र प्यालेटिभ केयर गर्नुपर्छ । तेस्रो चरण र चौथो चरणको क्यान्सर रोग लागेका बिरामीलाई वर्षांसम्म बचाउन सक्ने उपचार आइसकेको छ । क्यान्सरको लागि हरेक दिन नयाँ–नयाँ अनुसन्धान र खोज हुँदैछ । नयाँ–नयाँ क्यान्सरको औषधि भित्रिँदै छन् । १० वर्ष अगाडि तीन महिनाभन्दा बढी क्यान्सरको बिरामी बाँच्दैन थिए । तर, हाल आएर १० वर्ष बचाउन सक्ने उपचार आएको छ ।

क्यान्सरको स्टेज कति हुन्छ ?
–क्यान्सरको चार स्टेजको हुन्छ । सबैभन्दा घातक क्यानसर चौथो तहको हुन्छ । यस किसिमको क्यान्सर एक ठाउँबाट फैलिएर अर्काे ठाउँसम्म सर्नेगर्छ । फोक्सोबाट सुरु भएको क्यान्सर लिभर हुँदै टाउकोसम्म पुग्ने गर्छ । यस्तो क्यान्सर पुरै निको हुने सम्भावना निकै कम हुन्छ । यस्तै पहिलो र दोस्रो तहको क्यान्सर लागेका बिरामी सही समयमा उपचारको लागि अस्पताल आउने हो भने क्यान्सर निर्मूल गर्न सकिन्छ ।

पहिलो र दोस्रो तहको क्यान्सर लागेका बिरामी धेरै जसो निको हुने गरेका छन् । पहिलो र दोस्रो तहमा लिम्फोमा लागको ८० प्रतिशत क्यान्सर बिरामीलाई डाक्टरले बचाउन सक्छन् । तेस्रो तहको क्यान्सर लाग्दा चौथो तहजस्तो भयाभह अलि हुँदैन । तेस्रो तहको क्यान्सर लाग्दा रोग एक ठाउँबाट सुरु भई अर्काे ठाउँमा सर्ने तरखर गरेको हुन्छ । तर, रोग फैलिसकेको हँुदैन । तेस्रो र चौथो तहको क्यान्सर जँचाउन लगभग ७० देखि ७५ प्रतिशत मान्छे हरसिद्धिमा जचाउन आउने गरेका छन् ।

तेस्रो र चौथो तहमा रोगले जटिल रूप लिइसकेको हुन्छ । चौथो तहको क्यान्सर लाग्दा ५ वर्षभन्दा बढी बाँच्ने मानिस धेरै भइसके । विगतमा फोक्सोको क्यान्सर चौथो तहमा लाग्दा लगभग ३ देखि ६ महिना मात्र मानिस बाँच्थे । तर, हाल चौथो तहको फोक्सोको क्यान्सर लाग्दा पाँच वर्ष बचाउन सकिने भएको छ ।

क्यान्सर लागेका बिरामीले कस्तो अवस्थमा सचेत हुनुपर्छ ?
–क्यान्सर लागेका बिरामीले तुरुन्त उपचार गराउनुपर्छ । रोग लागिसकेपछि डराउनु हुँदैन् । रोग लागिसकेपछि जीवनशैलीमा निकै सुधार गर्नुपर्छ । खोकी लागेमा, दुब्लाउँदै गएमा, खानेकुरा अपच भएमा क्यान्सर भयो कि भन्ने शंका गर्नुपर्छ ।

रेडियोथेरापी भनेको के हो ?
–रेडियोथेरापी भनेको विकिरणयुक्त प्रविधि हो । रेडियोथेरापीबाट शरीरमा भएको किरा मार्ने गरिन्छ । क्यान्सरको कुनै पनि बिरामीलाई ७० प्रतिशत रेडियोथेरापीको आवश्यक पर्छ । शरिरको सेलमा भएका ट्युमरलाई उच्च शक्ति दिएर त्यसलाई मार्र्ने वा डडाउने काम रेडियोथेरापीमार्फत गरिन्छ । क्यान्सर लागेका बिरामीलाई रेडियोथेरापी गर्नुको कारण रोग फेरि फर्केर नआओस् सधैँको लागि निको होस भनेर हो ।

किमो के हो कसरी प्रयोग गरिन्छ ।
–किमो एक प्रकारको औषधि नै हो । यो इन्जेक्सनमार्फत बिरामीको शरीरमा चलाइन्छ । क्यान्सरको रोग मार्न किमो प्रयोग गरिन्छ । शरिरमा भएको ट्युमर घटाउन र सधैँलाई क्यान्सर निको पार्न किमो थेरापी गरिन्छ ।

क्यान्सर रोग मानिसको जीवनशैलीसँग सम्बन्धित छ ?
–क्यान्सर रोग मानिसको जीवन शैलीसँग सम्बन्धित छ । हाल मानिसको औषत आयु बढ्न थालेको छ । विगतका मानिस ४० देखि ५० वर्षमात्र बाँच्थे भने हालका मानिस ८० देखि ९० वर्ष बाँच्न थालेका छन् । क्यान्सर रोग हरेक मानिसको जीवन शैली, भोगाई, मानिसको आनिबानीमा सुधार नहुँदा लाग्ने गर्छ । जति मानिसको उमेर बढ्दै जान्छ त्यति नै क्यान्सरको बिरामी भेटिन्छन् । संसारबाट ३३ प्रतिशत क्यान्सर रोग निर्मूल गराउन धुम्रपान र तमाखुलाई निरुसाहित गर्नुपर्छ । क्यान्सर लाग्नुको एक तिहाइ कारण सुर्ति र सुर्तिजन्य पदार्थको प्रयोग हो ।

क्यान्सर रोग विशेषज्ञ भएका कारण क्यान्सर रोगका बिरामीलाई के सल्लाह दिनुहुन्छ ?
–क्यान्सर पनि अन्य रोगजस्तै रोग हो । यसलाई लुकाएर राख्नु हुँदैन । यसलाई चाँडैभन्दा चाँडै पत्ता लगाएर उपचार गर्नुपर्छ । क्यान्सर लागेको आशंकामा उपचार गराउन जाँदा धेरै मानिस निको हुने गरेका छन् । धुम्रपान र मध्यपान सेवनबाट टाढा रहँदा क्यान्सर रोग लाग्दैन । बासी, पुरानो, ढुसी परेका विषादियुक्त खानेकुरा र संक्रमणबाट बच्दा क्यान्सरले छुन सक्दैन । ४० वर्ष उमेर नाघेका मानिसले समय समयमा शरीर जचाउँदा क्यान्सरबाट बच्न सकिन्छ ।

प्रतिक्रिया