आइएमई र पल्पसा क्याफेबीच सम्झौता

काठमाडौं । आइएमई लिमिटेडका ग्राहकले वसन्तपुरमा अवस्थित पल्पसा क्याफेमा उपलब्ध खानाका परिकारमा १५ प्रतिशत छुट पाउने भएका छन् । हालै दुई संस्थाबीच आइएमईका ग्राहकलाई सो मात्राको छुट दिनेसम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरूले उक्त क्याफे उपलब्ध खानाका परिकारमा १५ प्रतिशत विशेष छुट पाउनेछन् ।

उक्त सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनुपर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट व्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र पल्पसा क्याफेको तर्फबाट प्रोपराइटर रिवाज शाहले हस्ताक्षर गरे । सो सम्झौता यहि मिति २०७५ साल असोज २४ गतेदेखि दुई वर्षसम्म लागू हुनेछ ।

प्रतिक्रिया