जम्मु–काश्मिरमा जनमतसंग्रह आवश्यकः पाकिस्तानी राजदूत

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवं जनता आभारी भएको बताएका छन् ।

पाकिस्तानी राजदूतावासमा ‘जम्मु–काश्मिर विवाद र मानवअधिकार उल्लंघनका घटनामा वृद्धि’ विषयमा आयोजित प्रवचन कार्यक्रममा बुधबार उनले सरकारीस्तरमा मात्र नभई जनस्तरमा पनि दुई देशबीचको सम्बन्ध सुदृढ रहेको बताए ।

उनले भने, ‘दुवै देशले एकअर्काका आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अवलम्बन गरेका छन् । राजदूत जावेदले जम्मु–काश्मिर समस्या समाधान संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार जनमतसंग्रहका माध्यमबाट हुनुपर्ने दोहो¥याए ।

राजनीतिक विश्लेषक शास्त्रदत्त पन्तले काश्मिर समस्या दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रको समेत चासोको विषय भएकाले समाधानका लागि सबैले मिलेर संयुक्त राष्ट्र संग्रहलाई घच्घच्याउनुपर्नेमा जोड दिए ।

पत्रकार राजनसिंह कार्कीले भारतलाई असल छिमेकीको भूमिका निर्वाह गर्न सुझाउँदै काश्मिर समस्याको समाधानको निर्णय गर्ने अधिकार काश्मिरी जनतालाई नै दिनुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा विश्वासमोहन आचार्यले विश्वशान्तिको कामना गर्दै कविता वाचन गरेका थिए ।

प्रतिक्रिया