गृहणी यौनरोगबारे खुल्न चाहँदैनन्

समाजको विकासक्रमसँगै रोगका नाम नयाँ नयाँ देखा पर्न थालेका छन् । कैयौँ रोगहरू रोगीले आफन्तमात्रै होइन चिकित्सकसँग पनि सहजै भन्न अनकनाउँछन् । त्यस्तै रोग मध्येको एक हो यौनरोग । यौनरोगका बारेमा भन्न लाज मानेर लुकाउँदा लुकाउँदै यसले निकै आक्रमण गरिसकेको पत्तै पाइँदैन । जब रोगले जित्छ त्यतिवेला उपचार कठिन भइसकेको हुन्छ । यसै सन्दर्भमा वीर अस्पतालका चर्म तथा यौन विशेषज्ञ अनुपमा कार्कीसँग सौर्य कर्मी सुभानु आचार्यले गरेको स्वास्थ्यसम्बन्धी सम्पादित अंश :

यौनरोग भनेको के हो ?
यौनरोग भनेको एकजना व्यक्तिभन्दा बढीसँग यौन सम्पर्क राख्दा सर्ने रोग हो । विना कण्डम असुरक्षित यौन सम्पर्क गर्दा यौनरोग लाग्छ । कण्डम प्रयोग गरी यौन सम्पर्क गर्दा यौनरोग लाग्ने सम्भावना कम छ ।

यौन सम्पर्क नगर्दा पनि यौनरोग लाग्छ रे हो ?
पति वा पत्नी एकमा यौनरोग भएको खण्डमा वा उक्त रोगीसँग यौनसम्पर्क भएमा यौनरोग सर्छ । कैयौँ अविवाहित युवा वा युवतीमा पनि यौनरोग लागेको देखिएको छ । सबै रोग यौन सम्पर्कबाटै हुन्छ भन्ने हुँदैन । यौन रोग साधारण खालको पनि हुन्छ । एचआइभी भने रगतको माधयमबाट सर्ने यौनरोग हो ।

यस्तै, एउटै सुई धेरै व्यक्तिले प्रयोग गरेमा एचभीएसएजीआइभी नामक सरुवा रोग लाग्छ । लागु सुइका माधयमले लागू पदार्थ प्रयोग गर्नेलाई भने पिडब्लुआइडी नामको सरुवा रोग लाग्ने गर्छ । यसैगरी, अरूबाट रगत लिँदा ब्याक्टेरियाबाट लाग्ने रोग भने सिफ्लिसिस भन्ने गरिन्छ ।

कसैको शरिरबाट रगत लिँदा एचभीयसएजी, टियलए, टिपीएचए जस्ता रोग सर्नसक्छ । मानिसको शरीरबाट आउने र्याल र रगतको माध्यबाट यौनरोग सर्छ ।

नेपालमा देखिएका यौनरोग कति प्रकारका छन् ?
नेपालमा थरीथरीका यौनरोग देखिएको छ । पहिलो एचआइभी हो । दोस्रोमा ब्याक्टेरियाबाट सर्ने रोग भिरिंगी हो । भिरिंंगी हुँदा शरीरमा घाउहरू आउने र पोल्ने गर्छ । तेस्रोमा गोनोरिया हुँदा यौनांगबाट पिप आउने गर्छ । स्यान्क्रोइड ब्याक्टेरियाबाट लाग्ने रोग हो ।

स्यान्क्रोइड हुँदा यौनांगमा साना साना घाउहरू आउँछन् । जस्तै, भाइरसले गर्दा आउने रोग भनेको हर्पिस सिन प्रो रोग लाग्छ । हर्पिस सिन प्रोले यौनांग पोल्ने र साना साना घाउहरू आउने गर्छ । फंगसबाट लाग्ने रोग भेनेको क्यानबिरा हो । क्यानबिराबाट पनि यौनांगमा मुसा आउने गर्छ ।

पछिल्लो समय यौन रोग घट्दो क्रममा छ कि बढ्दो क्रममा छ ?
यौनरोग घट्दो क्रममा छ भन्न गाह्रो छ । मेरो विचारमा पहिलाको तुलनामा बढ्दो क्रममा छ । हाल मानिसहरूलाई सामाजिक सञ्जाल र अस्पतालको पहुँचले सचेत बनाइसकेको छ । नेपालका विभिन्न स्थानमा स्वास्थ्य कर्मी पुगी सकेका छन् । अहिले यौनांगमा केही समस्या हुने बित्तिकै मानिसले देखाउन थालेका छन् ।

पहिला विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मी पुग्दैन थिए अहिले पुगेका छन् । विद्यालय, क्याम्पस जाने विद्यार्थीसमेत यौनरोगबाट सचेत भएका छन् । तर, गृहणी महिला भने अझै यौनरोगबारे खुल्न सकेका छैनन् । अस्पताल आएर समस्या भन्न खोज्छन् तर अप्ठ्यारो मानेर प्रष्ट पार्न सक्दैनन् ।

जनचेतना बढ्दा यौनरोग घट्नुपर्ने होइन र ? किन बढी रहेको होला ?
पहिलाका मानिसमा जनचेतना थिएन । यौनरोगबारे भन्न लाज मान्थे त्यसैले लुकाउँथे । धेरैले यौनरोगबारे जान्न, सुन्न र बुझ्न पाएका थिएनन् । अहिले मानिसलाई एचआइभी भनेको के हो, के कारणले उक्त रोग लाग्छ भन्ने ? जानकारी छ र उनीहरूसचेत भएका छन् ।

त्यसैले अस्पतालमा आउने महिलाहरू आफ्ना पति वैदेशिक रोजगारमा गएका बारेमा समेत बताउन थालेका छन् । त्यो उनीहरूमा आएको सचेतना हो । कि पतिले बाहिरबाट कुनै सरुवा रोग ल्याएकी भनेरसम्म उनीहरू कुरा गर्ने भएका छन् । कैयौँ महिलाले पतिसँगको सम्पर्कपछि आफूमा समस्या आएको पनि सुनाउँछन् । यौनरोग बढ्नुभन्दा पनि पहिला लाजले लुकाउँथे अहिले खुल्नेक्रम बढेको छ ।

वीर अस्पतालमा उपचारका लागि दैनिक कति यौनरोगी आउँछन् कुन उमेर समूहका बढी हुन्छन् ?

वीर अस्पतालमा कति यौनरोगी आउँछन् भन्ने तथ्यांक त छैन । तर, हरेक दिन कम्तीमा १०÷१५ जना उपचारका लागि आउँछन् । यो रोग जुनसुकै उमेर समूहको मानिसलाई पनि लाग्नसक्छ । यसको कुनै उमेर हद हुँदैन । हाल बढी युवा समुदायमा यौनरोग देखिएको छ । १७÷१८ वर्षदेखि ५०÷६० उमेर समूहका मानिसहरू उपचारका लागि अस्पताल आउने गर्छन् ।

यौनरोगका लक्षण के–के हुन् ?
यौनरोगका विभिन्न प्रकार हुन्छन् । कसैले यौनांगमा मुसा, खटिरा आउनु पिप आउनु र चिलाउनु यस्तै छन् । अहिले रोगका प्रकार उनीहरू यस्तै समस्या लिएर आउँछन् । केही मानिसमा यौनरोगको केही पनि लक्षण देखिँदैन । विदेश जान लागेका युवायुवती रगत परीक्षण गराउन आउँछन् । परीक्षणको क्रममा कोहीमा भाइरल लोड टेस्ट मेसिन संक्रमण देखिन्छ ।

यो भिरिंगी रोगको लक्षण हो । भिरिंगीमा खासै कुनै पनि लक्षण देखिँदैन । वैदेशिक रोजगारीमा जान रगत जँचाउन आउँदा बल्ल युवायुवतीले भाइरल लोड टेस्ट मेसिन पोजेटिभ भएको थाहा पाउँछन् । त्यसै कारण उनीहरू वैदेशिक रोजगारीमा जान पाउँदैनन् ।

यौनरोग कम गर्ने उपाय के हो ?
फोसी अर्थात् प्रोफिल्याक्सिस कण्डमको प्रचारप्रसार गर्नुपर्छ । एकजनासँग मात्र यौन सम्पर्क गर्ने । कण्डम प्रयोगले शतप्रतिशत यौनरोग लाग्नबाट बचाउन नसके तापनि ९०÷९५ प्रतिशत यौनरोग लाग्नबाट बचाउँछ । यौनरोगीले आफ्नो साथीलाई पनि उपचार गराई नियमित औषधि सेवन गराउनुपर्छ ।

यौन साथी वा पतिपत्नी दुवैले सँगै उपचार गरेमा रोग छिट्टै निको हुन्छ । यौनरोग निरुत्साहित गर्न सल्लाह सुझाव दिनु जरुरी छ । यौनरोगको असरबारे ग्रामीण भेगमा बढीभन्दा बढी कार्यक्रम लैजाने गर्नुपर्छ । सामान्य यौनरोगले अर्काे घातक किसिमको यौनरोग फैलाउन सक्छ । एचआइभीजस्ता प्राण घातक रोगका बारेमा आममान्छेमा जानकारी गराउनुपर्छ ।

सरकारले यौनरोग न्यूनीकरण गर्न के–के प्रयास गरिरहेको छ ?
ग्रामीण भेगमा काम गर्ने स्वास्थ्यकर्मीलाई सरकारले उचित तालिम दिनुपर्छ । त्यस्तै, ग्रामीण भेगका मानिसलाई पिएमटिसिटीको तालिम दिनुपर्छ । यौनरोगको लक्षण ४ किसिमका छन् ।

ती चारवटै रोगमा मिल्ने औषधीको प्रयोग गर्न लगाउनुपर्छ । नेपालमा यौनरोग जाँच्ने सुविधा सबै ठाउँमा छैन । यौनरोगमा सबैभन्दा घातक चिज भनेको एचआइभी हो। नेपाल सरकारलगायत सरकारी र गैरसरकारी संस्थाहरू मिलेर एचआइभीको औषधि वितरण गरि नै रहेका छन् ।

ठाउँठाउँमा एआरटी अर्थात् ऐन्टिरेक्ट्रो भाइरल थेरापी भाइरल संस्थाहरूले नेपालका विभिन्न भागका बिरामी जाच गर्ने र आवश्यक औषधि वितरण गर्ने गरिरहेका छन् । समय समयमा फ्लोअप गराउन एआरटीमा बिरामीहरू जाने गर्छन् ।

एचआइभी रोग पूर्णरूपमा निको हुन्छ वा हुँदैन ?
एचआईभी लागेको मान्छेले बाचुञ्जेल औषधि खानुपर्छ । दैनिक रूपमा नियमित औषधि सेवन गर्दा एचआइभी रोगीको जीवन लामो समय बँच्न सक्छ । एचआइभी लागेको मान्छेले नियमित औषधि सेवन गर्दा साधारण मानिस सरहको जीवन जिउन सक्छन् ।

एचआइभी पीडितले समय समयमा औषधि खाने वेलावेलामा जँचाउने र खानपानमा ध्यान दिने र पारिवारिक वातावरण राम्रो बन्न सकेमा सामान्य मान्छेजस्तै बाँच्न सक्छन् । यसका लागि मैले माथि भनेका कुरामा रोगी र उनका परिवारले ध्यान पुर्याउनुपर्छ ।

प्रतिक्रिया