हुवावेको घण्टैपिच्छे ‘लक्की ड्र’ योजना

काठमाडौं । स्मार्टफोन उत्पादक हुवावेले यस वर्षको दसैँ अफर सुरु गरेको छ साथै, तीनवटा नयाँ स्मार्टफोनहरू नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा सेतो (पर्ल ह्वाइट) रंगमा नोभा थ्री आई पनि सार्वजनिक गरेको छ । कम्पनीले घण्टैपिच्छे लक्की ड्र योजना ल्याएको छ ।

जसअन्तर्गत गोलाप्रथामार्फत् सबैभन्दा भाग्यमानी खरिदकर्ताको छनोट हुन्छ र उनीहरूले तत्कालै आकर्षक तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् ।

कम्पनीले नेपालभरिबाट गोलाप्रथामार्फत् प्रत्येक घण्टा एकजना हुवावे स्मार्टफोन खरिदकर्ता छान्नेछ र भाग्यशाली व्यक्तिले ब्लुटुथ स्पिकर, पावर ब्यांक, फिटनेस ब्यान्ड, टी थ्री– सेभेन, वाई थ्री २०१७, वाई सेभेन प्रो २०१८ तथा बम्पर पुरस्कारमा भाग्यशाली विजेताले नोभा थ्री आई, वाई ९ २०१९, पी ट्वान्टी प्रो तथा म्याटबुक जित्न सक्नेछन् ।

प्रतिक्रिया