जहाँ एक लाख जातका धान संरक्षित छन्

फिलिपिन्स । वैज्ञानिकहरूले एक लाखभन्दा बढी किसिमका धान भविष्यका लागि भनेर संरक्षित गरिएको बताएका छन् ।

त्यसका लागि फिलिपिन्समा स्थापित धानको सबैभन्दा ठूलो जिन बैंकले क्रप ट्रस्टबाट स्थायी कोष पनि जुटाइसकेको छ । इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटको जिन बैंकमा संकलित बिउ प्रयोग गरेर खडेरी र बाढी थेग्न सक्ने धान विकसित गर्ने प्रयास भइरहेको छ ।

तापमान वृद्धिका कारण खाद्यान्न आपूर्ति नबिथोलियोस् भनेर जिन बैंकहरूमा बिउ भण्डारण गरिँदै आएको छ । किरा र रोग अनि बाढी र सुख्खा थेग्न सक्ने गुण भएका नयाँ बाली विकसित गर्न धानमा आनुवांशिक विविधता छ ।

अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था क्रप ट्रस्टकी कार्यकारी निर्देशक मारिए हागा भन्छिन्, ‘धनको बिउमा चमत्कार छ । धानको प्राकृतिक विविधतामा तपाईं आफूले खोजेको लगभग सबै गुण भेट्नुहुन्छ ।’ उनका अनुसार धानको बिउ संरक्षण तुलनात्मक रूपमा सजिलो छ र कम तापक्रममा तिनलाई सयौँ वर्षसम्म सुरक्षित राख्न सकिन्छ ।

विश्वभरि मानिसले खाद्यपदार्थबाट ग्रहण हुने कुल क्यालोरीको २ सय ५ चामलबाट प्राप्छ गर्छन् । एसियाका ६ देश (चीन, भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम र जापान) मा ९ सय ५ जातका धान उत्पादन हुन्छ । विश्वभरि हुने कुल उत्पादन र उपभोगको ८० दशमलव ५ प्रतिशत धान यी देशमा मात्रै उत्पादन हुन्छ ।

सन् २०५० सम्ममा चामलको वार्षिक उपभोग ४२ करोड मेट्रिक टनबाट बढेर ५२ करोड ५० लाख मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । फिलिपिन्सको लस ब्यानसस्थित इन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटले बाढीग्रस्त क्षेत्रमा पनि सप्रिने एकथरी धान विकसित गरिसकेको छ ।

‘स्कुबा राइस’ भनेर चिनाइएको सो धान एसियामा वितरित भइसकेको छ । अफ्रिकामा रोप्न अहिले त्यसलाई अनुकूल बनाइँदैछ । सो जिन बैंकका व्यवस्थापक तथा इभ्युलुसनरी बायोलजिस्ट रूरी स्याक्भिल–ह्यामिल्टन धान संरक्षण गर्ने कामबाट विश्वलाई फाइदा पुग्ने कुरा प्रमाणित भइसकेको बताउँछन् ।

संकलित र संरक्षित बिउबाट उन्नत जातका धान विकसित गर्न सकिने र उत्पादनमा भोग्नुपर्ने चुनौती एवं उपभोक्ताको स्वादलाई विचार गरेर तिनको प्रयोग गर्न सकिने उनी बताउँछन् ।

प्रतिक्रिया