खोजखबर

कृषी,उर्जा र सिचाई सरकारको प्राथमिकता : पुन

बासुदेब गिरी २०७५ असोज २३ गते १९:२६ मा प्रकाशित

प्युठान । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले कृषि सिचाई र उर्जालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । अझै पनि कतिपय ठाउमा बिधुतको पहुंचमा पुग्न नसकेको बताउदै मन्त्री पुनले आफ्नो कार्यकालको समयावधिभित्र बिद्युत बिस्तार गर्ने बताए।

मंगलबार प्युठान नगरपालिकाद्धारा आयोजित अन्र्तक्रियामा उनले प्युठानलाई ५ वर्ष भित्रमा उज्यालो प्युठान गराउने प्रतिवद्धता समेत ब्याक्त गरे । प्युठानका ग्रामिण भेगमा अझैपनी बिद्युत पुग्न नसकेकोले आफ्नो ५ बर्षे कार्यकाल भित्रमा विद्युत विस्तार गरिछाड्ने बताए । प्युठान उज्यालो बनाउने मेरो जिम्मा भयो ।

मन्त्री पुनले भने मैले साथीहरुसंगको भेटमा पनि भनेको छु कि ५ बर्शभित्र बिधुतको पहुंछ बिस्तार गर्ने सरकारकै नीति छ। बिधुत नपुगेका स्वर्गद्धारी, प्युठान नगरपालिका, नौवहिनी , गौमुखी लगायतका केहि क्षेत्रमा अन्धकार नै रहेकाले यसलाई उर्जा शाखाले प्राथमिकतामा राखेको पुनले जनाए । उनले दोहोर्याउदै भने, ‘केन्द्र सरकारकै प्राथमिकता उर्जा क्षेत्रमा छ । ’ बिधुत पुर्याउन नसकिने स्थानमा सोलार या बैकल्पिक उपाएको खोजी गर्ने समेत उनको भनाई छ।

प्रदेश ५ उर्जामा अब्बल रहेको बताउदै उनले प्युठानको झिमरुक जलासययुक्त आयोजना, माडी,लुग्री, करिडोर तटबन्धको प्रक्रिया अगाडी वढाउन अध्ययन सुरु गरिएको उल्लेख गरे । ‘१० किमिभन्दा साना तटबन्धका काम प्रदेश सरकारले गर्छ’, उनले भने‘ ‘केन्द्रले ठुला तटबन्ध मात्र हेर्ने हो । ’ केन्द्र सरकारले स्थानीय तह बनेसंगै शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गर्न अधिकार स्थानीय तहलाई दिएको मन्त्री पुनले जनाए ।

उनले केन्द्र सरकारले एकिकृत उर्जा तथा सिंचाई कार्यक्रम अन्तर्गत विद्युत महशुल तिर्न नसक्ने लाई सोलार पावर निशुल्क रुपमा दिएको बताए । उनले भने, ‘नेपालका सबै जनतालाई विद्युतको पहँुचमा पु¥याउन यो कार्यक्रम लिईएको हो । ’

नौमुरे जलविद्युत आयोजना केन्द्र सरकारको प्राथमिकतामा रहेको मन्त्री पुनले जानकारी दिए । नौमुरे विद्युत र सिंचाईको रुपमा अगाडी वढेको छ । उनले भने, ‘यसलाई प्राथमिकता दिई अगाडी वढेका छौ । ’ यसलाई अगाडी वढाउनका लागि पानीको अध्ययन भईरहेको समेत बताए ।नौमुरेमा लगानी गर्नका लागि निजी क्षेत्र समेत इच्छुक रहेको मन्त्री पुनले बताए।

यसै बिच प्युठान नगरपालिकाले सरकारका उर्जा , जलश्रोत, सिंचाई मन्त्री वर्षमान पुनलाई मागपत्र पेश गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका लाईफलाईनको रुपमा रहेको भिमु्रक फाँटको नदीकटानलाई संरक्षण गर्न १५ किलोमिटर झिमु्रक नदी दाँया,बाया क्षेत्रमा नदी नियन्त्रण मेघा प्रोजेक्ट कार्यक्रम स्वीकृत गरिदिन, झिमु्रक फाँटमा अतिउत्पादनशिल जमिनमा सिंचाई सुविधा पुर्याउन सो ज्ञापन पत्रमा माग गरिएको छ ।

त्यसैगरी राप्ती, गोर्वे, क्वाडी, खैराकोट नहर लाई बजेट छुट्टाईदिन, बजार क्षेत्रमा विद्युतीकरणको उचित व्यवस्थापन गरिदिन, नगर क्षेत्रको दुर्गम क्षेत्र जुम्रीकाडा,, माझकोट लगाएतका क्षेत्रमा विद्युत विस्तार गर्न, वडा नंम्बर ८ दम्तीमा विद्युत स्टेशन निमार्ण गरि सुचारु गर्ने, लुङ खोला, संगम स्थल दम्तीमा सम्भाव्यता रहेको जलासययुक्त हाईड्रोपावरको डिपिआर तयार गरि परियोजना स्वीकृत गरिदिने जस्ता ६ वटा माग ज्ञापन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय