फरक मत प्रक्रियाबाटै समाधान गरिने : यादव

विराटनगर । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधानका विषयमा रहेका फरक मतहरू संवैधानिक प्रक्रियाबाटै समाधान गर्न प्रयासरत रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै संघीय समाजवादी फोरमका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले संविधान संशोधन र परिमार्जनको मुद्दाबाट आफ्नो पार्टी पछि नहटेको बताए ।

उनले संविधानमा देखिएका असहमतिलाई संवैधानिक प्रक्रियाबाटै समाधान हुनेमा आपूm विश्वस्थ्य रहेको उल्लेख गरे । उनले चुनाव हुनुअघिको भन्दा अहिले राजनीतिक कोर्स परिवर्तन भइसकेको भए पनि आपूmहरूले यसअघि उठाउँदै आएका सवालहरू यथावत नै रहेको बताए ।

उनले स्थानीय, प्रदेश र केन्द्रस्तरमा समेत आपूmहरू सरकारमा सहभागी रहेको उल्लेख गर्दै संविधान संशोधन र परिमार्जनबाट अघि बढ्ने नीति अनुरूप पछिल्लो समय मौलिक हकसम्बन्धी महत्वपूर्ण कानुनहरू बनेको र छिट्टै नागरिकता ऐन आउन लागेको बताए । उनले थप केही कानुन बनेपछि एउटा चरण पार हुने र त्यसपछि संविधान संशोधन र परिमार्जनको प्रक्रियालाई निरन्तरता दिइने बताए ।

सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै उप्रधानमन्त्री यादवले देशमा शान्ति सुरक्षाको अवस्था खस्किएको नभई आपराधिक क्रियाकलापहरू बढेको बताए । उनले त्यस विषयमा थप सतर्कता अपनाएर अघि बढेको बताउँदै अपराधीलाई उम्किन नदिने गरी कार्यहरू भइरहेको दाबी गरे ।

उनले सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन उपलब्ध रहेका चिकित्सकभन्दा थप ७५ प्रतिशत चिकित्सकको आवश्यकता रहेको बताउँदै थप ल्याब टेक्निसियन र हेल्थ वर्करहरू आवश्यक रहेको बताए ।

प्रतिक्रिया