संविधान संशोधन नै पहिलो सर्त : महतो

बाँके । राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान दिवसलाई उत्सवका रूपमा मनाउन नसकिने बताएका छन् । सोमबार बाँकेका पत्रकारसँग कुरा गर्दै महतोले संविधान संशोधन नभएसम्म संविधान दिवसलाई साझा उत्सवका रूपमा मनाउन नसकिने बताएका हुन् ।

संविधान दिवसका दिनलाई आपूmहरूले कालो दिनका रूपमा मनाउने तयारी गरिरहेको महतोले जानकारी दिए । राजपाको केन्द्रीय बैठकले ३ असोजलाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको र त्यसका लागि आपूmहरू बाँके आएको महतोले बताए ।

यसअघि, राजपा नेपालले नेपालको संविधान दिवसको दिन अर्थात् ३ असोजमा कालो दिवस मनाउन प्रदेश–१, ५ र ७ मा जाने निर्णय गरेको थियो । त्यसका लागि अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई प्रदेश–२ को पर्सा पुगेका छन् भने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र अर्का सदस्य अनीलकुमार झा प्रदेश–५ को बाँके र बर्दिया तथा प्रदेश–७ को कैलाली र कञ्चनपुरमा खटिएका छन् ।

केन्द्रीय नीतिअनुसार बाँके आएका महतोले संविधानमार्फत प्राप्त उपलब्धिको रक्षा गर्दै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । उनले संविधान दिवसमा सम्पूर्ण नेपालीले उत्सव मनाउने वातावरण हुनुपर्ने भन्दै आपूmहरूको माग पूरा भएमा भोलि नै सरकारमा सहभागी हुन तयार भएको स्पष्ट पारे ।

संविधान संशोधन आफनो पहिलो सर्त भएको र आपूmहरूका माग पूरा नभएकाले सरकारलाई दिएको समर्थनका विषयमा अब धेरै समय पर्खन नसकिने बताउँदै महतोले भने, ‘संविधान संशोधन तथा निर्वाचित सांसद रेशम चौधरीको मुद्दा फिर्ता नभएसम्म संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन सकिँदैन ।’

प्रतिक्रिया