रौतहटमा डुंगा डुब्दा २५ बेपत्ता

रौतहट । रौतहटको लालबकैया नदीमा आएको बाढीले ४० जना सवार डुंगा बगाउँदा केही बेपत्ता भएका छन् । यो समाचार तयार पार्दासम्म हराएकामध्ये १५ जना पौडिएर निस्किन सफल भएका छन् ।

रौतहटको बन्जाराहबाट सदरमुकाम गौरतर्फ आउँदै गरेको डुंगा गौर नगरपालिका–४ स्थित टिकुलियाघाटमा पल्टिएको हो । डुंगामा घाँस काट्न आएका महिला तथा पुरुष सवार थिए । रौतहटका प्रहरी प्रमुख केदार ढकालका अनुसार डुंगाचालक इस्नाथ नगरपालिका बन्जाराहका पप्पु सिंह, गौर–४ का २३ वर्षीय विजय चन्द्रवंशी, ५० वर्षीया सीतादेवी सहनी, ३४ वर्षीया सीमादेवी सहनी र ५२ वर्षीया सीतापतिदेवी सहनीसहित २२ जना पौडिएर निस्कन सफल भएका छन् ।

सशस्त्र प्रहरी बेस क्याम्प अरहैयाका सशस्त्र प्रहरी निरीक्षक रामबालकप्रसाद साहले दिएको जानकारीअनुसार सशस्त्रको टोलीले गौर–४ का जयप्रकाश गिरी, सुखियादेवी सहनी, शिरिभगवान यादव, महेन्द्र सहनी, विश्वनाथ साह, अंगद कश्वान, सन्तोष दास, गजेन्द्र सहनीलाई उद्धार गरेको छ ।

राती ७ बजेतिर घटना भएकाले उद्धारकार्यमा कठिनाइ भइरहेको छ । सुरक्षाकर्मी, स्थानीय पौडीबाज र विपद् व्यवस्थापनसँग सम्बन्धित संस्थाका स्वयंसेवक परिचालन गरिएको छ ।

प्रतिक्रिया